भारतद्वारा चन्द्रयान–२ को सफल प्रक्षेपण

४९औं दिनमा चन्द्र सतहमा अवतरण हुने



नयाँदिल्ली (एजेन्सी) ।
भारतको अन्तरिक्ष एजेन्सी इसरोले आफनो महत्वाकाक्षी अन्तरिक्ष कार्यक्रम अन्तर्गत चन्द्रयान–२ मिसनको सफल प्रक्षेपण गरेको छ । यस अभियानमा चन्द्रयानलाई जीएसएलभी एम–३ रकेटबाट प्रक्षेपण गरिएको हो ।

चन्द्रयान २ मिसनको सफल प्रक्षेपणपछि आफनो टोलीलाई बधाई दिँदै इसरोका प्रमुख के. सिवन भावुक बने । उनले चन्द्रयानको सफल प्रक्षेपणलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा भारतका लागि ऐतिहासिक दिन भएको बताए ।

प्रक्षेपणको सफलताबाट हर्षित इसरो प्रमुखले भावुक बन्दै सबै टोलीको प्रसंसा गरे । ‘तपाईहरु जसरी आफ्नो घरबार छोडेर, आफनो हित र अहितलाई बेवास्ता गर्दै रातदिन एक बनाउनु भयो, त्यसकालागि तपाईहरुलाई ह«दयदेखि सलाम गर्छु । ‘ विगत सात दिन देखि आफना परिवारलाई छोडेर मिसन पुरा गर्नमा तल्लिन भई अवरोधलाई ठीक पारेकोमा उनले टोलीको सराहना गरे ।

इसरो प्रमुखले प्रविधिमा देखिएको कमजोरीलाई मात्र ५ दिनमा हटाउन सफल भएकोमा टोली प्रति आभार ब्यक्त गरे । गत जुलाई १५ मा क्रायोजेनिक इन्जिनमा चुहावतका कारण प्रक्षेपण रोकिएको थियो । त्यसपछि जुलाई २२ को दिन तय भयो । डा सिवनले भने– चन्द्रयानमा अचानक प्रविधिक गडबडी कसरी आयो थाहा छैन । तर यति विशाल काम यति चाँदै पुरा गर्नमा टिम इसरोले जुन लगन देखायो , त्यसलाई म सलाम गर्छु ।

काम पुरा हुन बाँकी नै रहेको बताउँदै यस अभियान टोलीले चन्द्रयान–२ मिसनलार्य चन्द्रमाको दक्षिणी ध्रुव तर्फ लान मेहनत गर्नुपर्ने सिवनले बताए ।
चन्द्रयान २ लाई प्रक्षेपण गर्ने जीएसएलवी मार्क ३ को प्रदर्शन क्षमता पहिलाको तुलनामा १५ प्रतिशतले बृद्धी गरिएको प्रमुखले जानकारी दिए । उनले यसका लागि पनि इसरोलाई धन्यवाद दिए । यस अभियानमा रहेको ल्यान्डर विक्रम र रोवर प्रज्ञान जस्ता प्रविधि भारमा पहिलो पटक विकास गरिएको उनले बताए ।
करिब डेढ महिनापछिको ल्यान्डर विक्रम चन्द्र सतहमा अवतरण हुने अन्तिम १५ मिनेट अत्यन्त महत्वपुर्ण हुने उनले बताए ।

पृथ्वीबाट चन्द्रमाको औषत दुरी ३ लाख ८४ हजार किलोमिटर छ । चन्द्रयान २ का ल्यान्डर विक्रम चन्द्रमामा ४८ औं दिनमा अवतरण हुनेछ । भारतको चन्द्रमामा यो दोस्रो मिसन हो । अमेरिकी अन्तरिक्ष यान ११ को मानव अवतर अभियान पुरा भएको ५० औं बर्षगांठ मनाइरहँदा भारतले यो यान चन्द्रमामा पठाइरहेको छ ।

भारतले यसअघि चन्द्रयान १ सन् २००८ मा प्रक्षेपण गरेको थियो । यसले चन्द्रमामा पानीको खोजमा महत्वपुर्ण योगदान पुर्याएको थियो ।
भारतको पहिलो मंगलयानको खर्च विज्ञानमा आधारित हलिवुड फिल्म ग्रेविटी भन्दा कम थियो । चन्द्रयान–२ को खर्च १४ करोड १० लाख डलर बताइएको छ । यो अमेरिककाको अपोलो कार्यक्रमको खर्च २५ अर्ब डलरले कम छ ।

चन्द्रयान २ मा तीन चरण रहेको छ । पहिलो चरण अर्विटर हो जसमा चन्द्रमाको कक्षमा परिक्रमा लगाइनेछ । दास्रोमा ल्यान्डन विक्रमलाई चन्द्रमाको सतहमा अवतरण गराउनु हो । यो प्रक्रियालाई मिसनकै सबैभन्दा अहं चरण मानिएको छ । त्यसपछि ल्यान्डरमा रहेको रोवर ‘प्रज्ञान‘ चन्द्र सतहमा उत्रनेछ र यसले जानकारीहरु संकलन गर्नेछ ।

भारतको यो चन्द्रयान २ अहिलेसम्म अपरिचित दक्षिण ध्रुवमा सेप्टेम्बरको पहिलो हप्तामा अवतरण हुने छ । वैज्ञानिकहरुका अनुसार चन्द्रमाको यो इलाका अत्यन्त जटिल छ र यहाँ पानी र जिवाश्म फेला पर्न सक्ने उनीहरुको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्