‘नेम’ र ‘फेम’ नगुमाउने शर्तमा मात्रै मर्जरमा जान्छौं: शाह



परिवर्तन देवकोटा, काठमाडौं ।
आफ्नो अस्तित्व नगुमाउने शर्तमा मात्रै आफूहरु मर्जरमा जाने मेगा बैंक नेपालका अध्यक्ष भोजबहादुर शाहले बताउनुभएको छ । नेपाल समाचारपत्रस“ग कुरा गर्दै उहा“ले भन्नुभयो–‘हामी ‘नेम’ र ‘फेम’ नगुमाउने शर्तमा मात्रै मर्जरमा जान्छौ ।’

बैंकहरुको मर्जर एक प्रेम जोडीको जस्तै भएको बताउ“दै उहा“ले आफूहरु पनि असल एवम् प्रतिबद्ध प्रेमजोडी बन्न चाहेको उल्लेख गर्नुभयो । उहा“ले भन्नुभयो–‘भावनामा बगेर मात्रै कुनै प्रेम जोडीको प्रेम सफल हु“दैन, त्यो सफल हुन त एकअर्कालाई बुझ्दै जिम्मेवारबोध हुन सक्नुपर्छ । हामी प्रेम जोडी बन्न चाहन्छौं, मर्जरमा जान चाहनेहरुका लागि हामी खुला छौं तर हामीलाई पनि अरु ले बुझ्न सक्नुप¥यो नि ।’

नेपाल राष्ट्र बैंकले बैंकहरुको बिग मर्जरका लागि निर्देशन दिएस“गै यतिखेर बैंकहरू छलफलमा व्यस्त छन् । आफूजस्तै र आफ्नो एजेन्डालाई बुझेर अघि बढ्न सक्ने बैंकहरु आए मर्जरको हात मिलाउने बैंकर्सहरुले बताउ“दै आएका छन् ।

मेगा बैंक नेपालले आफूले अनुकूल बैंकहरुस“ग मर्जरको हात मिलाई नेपाल राष्ट्र बैंकको निर्देशन मान्ने तरखर गरिरहेको बताएको छ । स्थापना दिवसको पूर्वसन्ध्यामा नेपाल समाचारपत्रस“ग कुरा गर्दै मेगा बैंकका अध्यक्ष शाहले अहिले पनि मर्जरका लागि विभिन्न बैंकहरुस“ग छलफल चलिरहेको बताउनुभयो । उहा“ले बैंकिङ कारोबारमार्फत सामाजिक, आर्थिक रुपान्तरणको आफ्नो एजेन्डालाई बुझेर आउने बैंकहरुस“ग मर्जर गर्न सकिने उल्लेख गर्नुभयो ।

अध्यक्ष शाहले मर्जरमा जा“दा बैंकको परिचय पहिचान तथा अस्तित्वलाई तोडमोड नगर्ने समेत स्पष्ट पार्नुभयो । मेगा बैंक नेपालले मंगलबार आफ्नो नवौं स्थापना वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गर्दैछ। सोही सभामार्फत उसले विभिन्न नया“ नीति तथा कार्यक्रमसमेत सार्वजनिक गर्नेछ । बैंकका अध्यक्ष शाहले त्यस अवसरमा एक सय दुई बालबालिकालाई छात्रावृत्ति कोषको घोषणा गर्ने जनाउनुभयो । नेपाल समाचारपत्रस“ग कुरा गर्दै उहा“ले १०२ शाखा सञ्जाल रहेकाले बैंकले विभिन्न समुदायका बालबालिकालाई छात्रावृत्ति प्रदान गरिएको जानकारी दिनुभयो ।

वि.सं. २०६७ साल साउन ४ गते सञ्चालन शुरू गरेको मेगा बैंकको चुक्ता पु“जीका हिसाबले अहिलेसम्मको दोस्रो ठूलो बैंक हो । यस बैंकको चुक्ता पु“जी १० अर्ब ५७ करोडभन्दा बढी रहेको छ । यस्तै देशव्यापी रुपमा १ सय २ शाखा सञ्जाल विस्तार गरेको बैंकले ५३ जिल्लाहरुमा बैंकिङ पहु“च पु¥याएको छ ।

बैंकका अध्यक्ष शाहका अनुसार बैंकले कारोबार शुरु गरेदेखि झण्डै एक दशकको अवधिमा ८ गुणा शाखा सञ्जाल विस्तार गरेको छ । यस्तै निक्षेप संकलनमा १६ गुणाले वृद्धि गरेको छ भने ११ गुणाले रोजगारीको अवसर सिर्जना गरेको छ । हालसम्म बैंकले ७८ गुणाले वृद्धि राज्यलाई कर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्