६ रन दिएका धर्मसेनालाई अफसोच छैन



लन्डन, (एजेन्सी) ।
इंग्ल्यान्डमा हालै सम्पन्न आईसीसी क्रिकेट विश्वकपको फाइनलमा न्युजिल्यान्डका मार्टिन गप्टिलले गरेको ओभर थ्रोमा ६ रन दिएका अम्पायरले जवाफ दिएका छन् ।

अम्पायर कुमार धर्मसेनाले आईतबार भएको फाइनल खेलमा गलत निर्णय लिएको स्विकार गरे । तर उनले यसमा अफसोच नभएको बताएका थिए । श्रीलंकाका पूर्व क्रिकेटर धर्मसेनाले भने कि थ्रो हुँदा इंग्ल्यान्डका ब्याटसम्यानले एक अर्कालाई क्रस गरेका थिएनन् । उनले निर्णय लिन गल्ती भएको बताए ।
आईसीसीका पूर्व अम्पायर साइमन टफेलले धर्मसेनाको निर्णयलाई गलत सिद्ध गरेका थिए । उनका अनुसार सो थ्रो बाउन्ड्री गएपछि ५ रन दिनु पर्ने थियो ।

धर्मसेनाले यसको जवाफ दिए—खेल हेर्नेहरुका लागि टीभीमा रिप्ले हेरेर प्रतिक्रिया दिन सजिलो हुन्छ । हालै मैले पनि टीभी रिप्ले हेरेँ । तब मलाई थाहा भयो कि मेरो निर्णय गलत थियो । हाम्रो सामुन्ने मैदानमा रिप्ले हुँदैन । त्यसैले मैले गरेको निर्णयमा अफसोच पनि छैन ।

नियमअनुसार ओभर थ्रोमा ५ रन पाउनु पर्ने हो । फाइनलमा ५०औं ओभरको चौथो बलमा न्युजिल्यान्डका मार्टिन गप्टिलले बल थ्रो गरे । तब इंग्ल्यान्डका ब्याटसम्यान बेन स्टोक्स र आदिल राशिद एक रन पुरा गरिसकेका थिए । दोस्रो रनको लागि उनीहरु दौडिदै थिए ।

गप्टिलको थ्रो सीधै स्टोक्सको ब्याटमा लागेपछि बलले बाउन्ड्री क्रस गरेको थियो । थ्रो पुग्न अगाडि स्टोक्स क्रिजमा पुग्न लागेका थिए । तर बलले उनको ब्याटमा छोएपछि मात्रै उनले क्रस गरे । टफेलले यस्तो स्थितिमा इंग्ल्यान्डलाई ६ रन होइन ५ रन मात्रै दिनु पर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्