शुसिलले पाकिस्तानी मुक्केबाजलाई हराए



काठमाडौं, (नेस) ।
नेपालका शुसिल थापाले थाईल्याण्डमा जारी खुला अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिता अन्र्तगत क्वार्टरफाइनलमा स्थान बनाएका छन् ।

४९ केजी लाईट फ्लाइट तौलमा नेपाल आर्मीमा आबद्ध सुशीलले पाक्स्तिानी मुक्केवाज इर्द उल्लाइलाई हराएका हुन् । दोश्रो चरणको दोश्रो मिनेटमा रेफ्री स्टप कन्टेस्ट (आरएससी) को आधारमा हराउदै उनी अन्तिम आठमा पुगेका थिए । शुसिलले दोश्रो राउण्डको पहिलो मिनेटमा उल्लाहलाई ढाले पछि काउण्टमा परेका थिए । लगातार उत्कृष्ट मुक्का प्रहार गरेका शुसिलले उल्लाइलाई एकै राउन्डमा तीन पटक काउण्टको धरापमा पारेका थिए ।

अन्तर्राष्ट्रिय बक्सिङ संघ (आइबा) को नियम अनुसार एउटै राउण्डमा तीन पटक काउण्ट पाए पछि खेलाडीले धेरै मार खानु नपरोस भनि रेफ्रिले खेल रोक्दै बिपक्षलाई बिजयी गराउने नियम छ । नेपालमा हुने १३औं सागको तयारीका लागि नेपाल बक्सिङ संघले बिगत २ हप्ता देखि ७ महिला र १० पुरुषलाई थाइल्याण्डमा बैदेशिक प्रशिक्षणमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्