एउटा मान्छेको मायाले कति…?



‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा, एउटा साथीको साथले कति परक पार्दछ ज्यूँनुमा….’ स्वर सम्राट नारायण गोपालका स्वरमा अझै पनि घन्किरहने यो गीतबारे धरहराले धेरै व्याख्या गरिरहनु पर्दैन ।

यो गीतले ठिटा ठिटी, अल्लारे, तरुनी, तन्नेरीदेखि बयस्क र बृद्ध सबै नेपालीको जिवन र जिवनको परिभाषालाई जोड्या छ । राजनीतिमा त झन् कुरै नगरम् । एक पात्रको साथले समग्र मुलुकको राजनीतिक कोर्स नै परिवर्तन हुने मुलुकमा धेरै बखान गर्नै पर्दैन ।

भारतीय गुप्तचर संस्था रअ प्रमुख समान्तकुमार गोयलसँग आइतवार राती काँग्रेस नेता देउवा दारु पार्टीमा के जम्या थिए, देउवा निकै परिवर्तन भा’छन् बा । सोमबार वीपी स्मृति दिवसमा उनी निकै कडा शैलीमा प्रस्तुत भए, देउवाको भाषण सुन्ने धेरै छक्क परे, सहभागी धरैले एक आपसमा भन्दै थिए–‘हैन यिनी हाम्रै देउवा हुन् ।’

सरकारले प्रजातन्त्रमाथि प्रहार गर्न नछोडे काँग्रेस सरकारी कदम विरुद्ध शसक्त रुपमा सडकमा उत्रिने, मिडिया काउन्सिल र मानव अधिकार आयोग सम्बन्धी विधेयक फिर्ता नगरे कडा कदम चाल्ने भनेसी सहभागी छक्क नपर्ने कुरै भएन । छक्क पर्नेलाई के थाहा, देउवा–गोयल वीचको ‘चियर्स’ कमाल ।

कुरो चियर्सको मात्रै होइन, ब्रेकफास्टको पनि छ । प्रचण्ड–गोयल वीचको सोमबार विहानको ‘ब्रेकफास्ट मिटिङ’ले ओली क्याविनेटमा राम्रै भुईँचालो गएको छ भनेसी, देउवा दम्दार रुपमा प्रस्तुत नहुने कुरै भएन ।

प्रतिक्रिया दिनुहोस्