४० किलो अवैध लागूऔषध गाँजा सहित एक पक्राउ



मकवानपुर । करिब ४० किलो अवैध लागूऔषध गाँजा सहित सोमबार दिउँसो प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका २ कालीधाप बस्ने २३ वर्षीय अन्जन साहरहेका छन् ।

विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले अन्जनको घर तलासी गर्दा बोरामा लुकाईछिपाई राखेको उक्त अवैध लागूऔषध गाँजा सहित उनलाई पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्