चोरी मुद्दामा फरार प्रतिवादी चार वर्षपछि जेल चलान



काठमाडौँ ।
प्रहरीले जबरजस्ती चोरी मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे रोशी गाँउपालिका– १ का वर्षीय छेदन लामा रहेका छन् ।

लामालाई काठमाडौं जिल्ला अदालतको गत २०७१ साल माघ ८ गते चार वर्ष एक महीना १५ दिन कैद र तीन लाख चौध हजार नौं सय अठार जरिवाना सुनाएपछि उनी फरार भएका थिए । केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले लामालाई सोमबार कुपण्डोल, ललितपुरबाट पक्राउ गरेको हो ।

लामासहितको टीमले गत २०७१ साल मंसिर ३ गते राति सवा नौ बजे काठमाडौं– २३ स्थित भुतनाथ मैदीको घरको कोठामा जबरजस्ती प्रवेश गरी हतियार देखाई ज्यानमार्ने धम्की दिई दुई ला ६६ हजार ७ सय ७५ रुपैयाँ नगद र सुनसहित अन्य धनमाल चोरी गरेका थिए ।

लामालाई आज काठमाडौं जिल्ला अदालतमा पेश गरि कैद भुक्तानका लागि केन्द्रिय कारागार कार्यालय सुन्धारा पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्