पर्वतमा समुदाय साझेदारी कार्यक्रम प्रभावकारी सावित



पर्वत । प्रहरीलाई जनताका बिचमा प्रत्यक्ष रुपमा जोड्न समुदाय र साझेदारी कार्यक्रम प्रभावकारी सावित भएको धारणा पर्वतमा आयोजित एक कार्यक्रमका वक्ताहरुले  बताएका छन ।

समुदाय साझेदारी कार्यक्रम अन्र्तगत पर्वत उद्योग बाणिज्य संघमा सोमबार भएको जिल्लाको समग्र सुरक्षा ब्यबस्था बिषयक अन्तरकृया कार्यक्रमका सहभागीहरुले समुदाय र प्रहरी टाढिँदै जाने खतरा रहेको बेला कार्यक्रमले प्रत्यक्ष रुपमा जोड्न सफल भएको धारणा राखेका हुन ।

शान्ति सुरक्षा कायम गर्ने, अपराध न्युनिकरण गर्ने र समाजका बिकृती बिसंगतिहरुका बिरुद्ध सामुहिक अभियान सञ्चालन गर्ने काममा अभियान सफल भएको धारणा राखिएको थियो । कार्यक्रममा सहभागीहरुले लागु औषध दुब्र्यसन, मदिराको अब्यबस्थित उत्पादन र बिक्री बितरण, घरेलुहिंसा, प्राकृतिक स्रोत साधनको दोहन रोक्नका लागि समुदाय र प्रहरीले सहकार्य गर्नुपर्ने कुरामा पनि जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रतिनिधीसभाका सदस्य पदम गिरीले शान्ति सुरक्षा र अमनचयन गर्ने क्रममा प्रहरीलाई निर्वाह रुपमा काम गर्न दिनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले अपराधी कसैका पनि हुन नसक्ने भन्दै सत्तापक्ष वा प्रतिपक्ष कसैले पनि प्रहरीको काममा हस्तक्षेप गर्न हुँदैन भन्नुभयो ।

‘अपराधी कसैका होइनन र हुनपनि सक्दैनन ’ उहाँले भन्नुभयो ‘अपराधिक मनोबृत्तिलाई निरुत्साहित गर्न पनि अपराधीलाई काबार्ही गर्नुपर्छ’ गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक बिनोद शर्मा घिमिरेले संगठित अपराधका बिरुद्ध बिवेक संगत ढंगले प्रहरी निर्मम बन्छ भन्नुभयो । समाजमा हुने हरेक खालका संगठित अपराध निमलु गर्न प्रहरीलाई समुदायले पनि सहयोग गर्नुपर्छ भन्नुभयो । उहाँले समुदाय साझेदारी कार्यक्रमले प्रहरीलाई समुदायका बिचमा प्रत्यक्ष पु¥याउने काम गरेको छ भन्नुभयो ।

लागु औषध, घरेलु हिंसा, चोरी डकैती, बालबिबाह जस्ता समस्या प्रहरीले मात्रै नियन्त्रण गर्न संभब हुँदैन उहाँले भन्नुभयो ‘यसलाई नियन्त्रण गर्न समुदाय र प्रहरीले हातेमालो गर्नैपर्छ’

अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेल, कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, पर्वतका प्रहरी प्रमुख श्यामु अर्याल, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा लगायत राजनैतिक दलका प्रमुख, सामाजिक अगुवा, ब्यबसायी र सर्वसाधरणले शान्ति सुरक्षा कायम गर्न प्रहरी र समुदायको भूमिकाका बिषयमा आफ्ना धारणा राखेका थिए ।
समाप्त साउन ६

प्रतिक्रिया दिनुहोस्