छतले किचेर २ को मृत्यु, १ घाइते



गणेश साम्पाङ, पाँचथर । पाँचथरको हिलीहाङ गाउँपालिका वडा न ७ भारपा स्थित यलम्बर पार्कको छतले किचेर सोमबार बिहान २ ब्यक्तिको मृत्यु भने एक ब्यक्ति घायते भएको प्रहरीले जनाएको छ ।

मृत्युहुनेमा सोही वडाका ५१ बर्षिय रुद्रबहादुर राई र ५२ बर्षिय जगत राई रहेका छन भने घाइते हुनेमा स्थानीय जितेन्द्र राई रहेका छन । १९ दिन अघि ढलाई गरिएको सो पार्कको छत थाम्न प्रयोग गरिएको सर्टिङ (बाँसको खम्बा) निकाल्ने क्रममा छत भत्किएर उनीहरुलाई किचेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक अनिल पौड्यालले बताउनु भयो ।

सो पार्क हिलीहाङ गाउँपालिकाको आर्थिक सहयोग र नेपाल आदिबासी जनजाती महासंघ गाउँसमन्वय परिषद हिलीहाङले निमार्ण गरिरहेको थियो । सो पार्कको छत निमार्ण गर्ने क्रममा प्रयोग भएका रड पातलो भएको हुनाले भत्किएको हुन सक्ने स्थानीयहरुले बताएका छन ।

मृतकहरुको शव जिल्ला अस्पताल पाँचथरमा पोष्ट माटम गरी स्थानीय हेवा खोलामा दाह गरिएको परिवारले जनाएको छ । घाइते राईको भने जिल्ला अस्पताल पाँचथरमा उपचार पछि घर फर्केका छन ।

प्रतिक्रिया दिनुहोस्