बाढी पिडीतलाई नेवीसंघद्वारा राहत वितरण



काठमाडौँ ।
नेपाल विद्यार्थी संघ(नेविसंघले) बाढी तथा पहिरो पिडीतलाई राहत वितरण गरेको छ । नेवीसंघले सोमबार वीपी स्मृति दिवस पारी रौतहट जिल्लाको गढिमाई नगरपालिका– ३ लक्ष्मीपुरमा राहत वितरण गरेको हो ।

नेवीसंघका निवर्तमान महामन्त्री कुन्दन राज काफ्लेको नेतृत्वमा पुगेको टोलीले राहत वितरण गरेको हो । लक्ष्मीपुरको दुई सय परिवारलाई प्रति परिवार त्रिपाल १थान, चामल १ बोरा, तेल, चाउचाउ, बिस्कुट र लत्ताकपडा वितरण गरिएको नेवीसंघका निवर्तमान केन्द्रिय सदस्य नवराज त्रिपाठीले जानकारी दिनुभयो ।

उक्त राहत वितरण कार्यक्रममा नेपाली काङ्ग्रेसका स्थानीय नेताहरुकोसमेत उपस्थिति रहेको थियो । वितरण गरिएको राहत देशभरिका विभिन्न क्याम्पसबाट संकलन गरिएको नेविसंघका नेता मनिष सिम्खडाले बताए ।

प्रतिक्रिया दिनुहोस्