सदस्यचिवलाई बक्सिङको स्वागत



काठमाडौं, (नेस) ।
नेपाल बक्सिङ संघले नवनियुक्त राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाललाई आईतबार सम्मान पत्रसहित स्वागत गरेको छ ।
उक्त कार्यक्रममा सदस्य सचिव सिलवालले नेपाली बक्सिङ खस्किनुको कारण खोज्ने बेला आएको बताए । सिलवालले बताए—’नेपाली बक्सिङ कुनै बेला दक्षिण एशियाको शक्ति केन्द्र बनेको थियो किन खस्कियो ? दोषी को राखेप, संघ, खेलाडी, कारण खोजिनु पर्छ’ ।

संघका अध्यक्ष राम अवालेले नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुदमा पदक जित्न दाबी गरेका थिए । अध्यक्ष अवालेले राष्ट्रिय टोलीका खेलाडीलाई बिशेष प्रशिक्षणका लागि थाइल्याण्ड पठाएको समेत जानकारी गराए । ’सागमा हामीले पदक नजितेको धेरै समय भएको छ ।

हामीले नजर अहिले सागमा लगाएका छौँ । १३ औं सागमा पदक ल्याउने लक्ष्य छ । त्यसको लागि हामीले टिम थाइल्याण्ड पठाएको छौँ,’ अध्यक्ष अवालेले भने ।
संघका बरिष्ठ उपाध्यक्ष अर्जुन बहादुर केसीले सागका लागि नेपालले राम्रो तयारी गरिरहेको बताउँदै सागमा कम्तिमा ३ स्वर्ण जित्ने बताए ।

प्रतिक्रिया दिनुहोस्