रेगनलाई उपाधि



काठमाडौं, (नेस) ।
रेगन श्रेष्ठले राजन लामालाई ७–४ फ्रेमले हराउँदै प्रथम चमुण्डा अल नेपाल स्नुकर च्याम्पियनसिपको उपाधि आईतबार जितेका छन् ।

उपाधिसंगै रेगनले २ लाख तथा राजनले ७५ हजार नगद पुरस्कार पाए । सोम लामा र निर्माण बोगटी तेश्रो हुँदै जनही ३० हजार नगद पुरस्कार प्राप्त गरे । नेपाली स्नुकरको इतिहासमा सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता भएको बताइएको छ ।

चामुण्डा स्नुकर क्लबद्वारा आयोजित प्रतियोगितामा राजन सर्वाधिक ब्रेककर्ता पनि बने । ८१ ब्रेक गरेका राजनले थप ३० हजार नगद पनि हात पारे । दोर्जे पाख्रिन उत्कृष्ट खेलाडी घोषित भएर १० हजार नगद हासिल गरेका थिए ।
जोरपाटीमा भएको प्रतियोगितामा १ सय ५० खेलाडी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्