पदाधिकारी हुन् कि जन्ती ?



ठूलो रस्काकस्सीका वीच सत्तारुढ दलले पदाधिकारी टुङ्गो लाएको छ । डेढ वर्ष लामो जोडबलपछि जिल्ला इन्चार्ज र सह–इन्चार्ज तोकिएका छन् । धेरै जिल्लाका सह–इन्चार्जको लिस्ट देख्दा लाग्छ उनीहरु जिल्लामा आयोजना हुने पार्टीको विशेष महाधिवेशनका लागि गठित मूल समारोह समिति सदस्य हुन् ।

सह–इन्चार्ज पनि दुई तीन जना मात्रै भए पो, कुनै कुनै जिल्लामा त एक दर्जन हाराहारी छन् । जिल्ला सह–इन्चार्ज छु भन्न पनि मजा न नआउने । नेकपाले राजपा पदाधिकारीलाई पनि जित्ने गरीको जम्बो टोली नै छान्या छ । सिरहामा १०, काठमाडौं, धनुषा र दाङमा ९÷९, कैलालीमा सात जना सह–इन्चार्ज छन् ।

बाह्र वर्ष रामायण पढ्यो सीता कस्की जोई भन्या जस्तो भन्या जस्तै अझै १२ जिल्लाका सह–इन्चार्ज चुनिन सक्या छैनन् । डेढ वर्षयताको मिटिङ पनि के बस्या हो कुन्नी ? काठमाडौं, ललितपुर, भरतपुर, पोखरा, विराटनगर र विरगञ्ज महानगरका सह–इन्चार्ज बन्ने दौडमा लाग्याहरुलाई हात्ति आयो हात्ति आयो फुस्सा जस्तो भा’छ ।

यी सबै नगरमा सह–इन्चार्ज को बन्ने अझै टुङ्गो छैन । केही इन्चार्ज र सह–इन्चार्जलाईलाई दुवै हातमा लड्डु मिल्या छ । सांसद र मन्त्री पनि भा’छन् फ्याट्ट पार्टी पदाधिकारी पनि पट्काएका छन् ।

प्रतिक्रिया दिनुहोस्