फ्रान्सका अर्नाल्ट खर्बपतिको क्लबमा



वासिङटन (एजेन्सी) ।
युरोपका सबैभन्दा धनी बर्नार्ड अर्नाल्ट कम्तिमा १ खर्ब अर्थात १ सय अर्ब डलर सम्पति हुनु पर्ने विश्वका धनीहरु मध्यका पनि विशेष धनाध्यहरुको क्लबमा प्रवेश गरेका छन् । उक्त ब्लबमा अहिले सम्म अमेजोनका मालिक जेफ बेजोस र सफ्टवेर कम्पनी माइक्रोसफ्टका सह संस्थापक बिल गेट्स रहेका छन् ।

विलासी सामान उत्पादक एलभीएमएचको सेयर मुल्यमा २ दशमलव ९ प्रतिशतले बृद्धी भई प्रति सेयर किर्तिमान ३ सय ६८ युरो ८० सेन्ट पुगेपछि उक्त कम्पनीका प्रमुअ अर्नाल्ट सय अर्बका समुहमा प्रवेश गरेको हो । यस बृद्धीसँगै उनको कुल सम्पतीमा यो बर्ष मात्रै करिब ३२ अर्ब डलर बृद्धी भएको थियो । यो ब्लुमबर्गको सुचीमा रहेका ५ सय अर्बपतिमध्य सबैभन्दा बढी हो ।

सन् २०१९ को ब्लुमबर्ग सुचीमा परेका युरोपका धनाध्यहरुमा फ्रान्सका बहुअर्बपतिहरु थपिएका छन् । यसमा अर्नाल्टसँगै केरिंग एसएका फ्राँस्वाँ पिनाल्ट र कस्मेटिकका उत्तराधिकारी फ्राँस्वाँ बेटेन्कोर्ट मेयर्स ४० अर्ब भन्दा बढी सम्पतीका मालिकहरुको बीचमा परेका छन् ।

त्यसैगर च्यानल ब्रान्डका दुई दाजुभाइ जेरार्ड र अलेन वेर्थेइमर ९ अर्ब ८० करोड डलर सहित यस हप्ता अर्बपतिको सुचीमा प्रवेश पाएका छन् ।
अर्नाल्टको १ खर्ब ४ करोड डलर फ्रान्सको अर्थतन्त्रको ३ प्रतिशत भन्दा बढी हो । यसले उनको मुलुकमा धनी र गरिबका सम्पति बीचको खाडल अझ गहिरिएको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्