सर्वोच्च अदालतद्वारा डच फौजलाई दोष



एम्स्टर्डम्स,(एजेन्सी) ।
डच सर्वोच्च अदालतले वोस्नियाको स्रेव्रेनिकामा ३ सय ५० जना मानिसको काम संहारमा नेडरल्यँनड आँशिक रुपमा जिम्मेवार रहेको भन्ने निर्णयलाई समर्थन गरेको छ । अदालतले डच फौजले सो हत्याकाण्ड रोकने प्रयास गरेको हुनसक्ने भएतापनि नेडरल्यान्ड यसका लागि १० प्रतिशत जिम्मेवार रहेको जनाएको छ ।

सन् १९९५ मा वोस्नियाली सर्व फौजले स्रेव्रेनिका शहरमा कूल ८ हजार मुश्लिम पुरुषको हत्या गरेको थियो । उक्त समयमा डच फौजले संयुक्त राष्ट्र संघको सुरक्षित क्षेत्रको निगरानी गर्ने जिम्मा लिएर बसेको थियो ।

अदालतले कुनै पनि मुलुक संयुक्त राष्ट्र संघको शानित स्थापनार्थ कार्यमा असफल भएके घटना निक ैदुर्लभ ैभएपनि नेडरल्यान्डले आफ्नो दायित्व पूर्ण रुपमा निभाउन नसकेको जनाएको छ ।

सन् २००२ मा स्रेव्रेनिकामा नेडरल्यान्डको वास्तविक भुमिकाबारे प्रतिवेदन सार्वजनिक भएपछि सम्पूर्ण डच सरकारले राजिनामा दिनु परेको थियो । अदालतले यदि डच फौजले ति मुशिलम पुरुषहरुलाई आफ्नो कम्पाउन्डमा रहने अनुमति दिएको भए तिनीहरु र्वि फौजका हातमा नपर्ने १० प्रतिशत संभावना रहेको पनि जनाएको छ ।

ति मारिने आठ हजार पुरुषका आमाहरुले दोषिहरुलाई कठघरामा उभ्याउन आवाज उठाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्