नयाँ दिल्लीका वास्तुविद् शिला दीक्षितको अन्त्येष्टि



नयाँदिल्ली (एजेन्सी)
भारतको राजधानी दिल्लीका वास्तुकार मानिएकी पुर्व मुख्यमन्त्री शीला दिक्षितको आइतबार अन्त्यष्टी गरियो । ८१ बर्षिय कांग्रेसका दिग्गज नेता शीला दिक्षितको शनिबार निधन भएको थियो ।

दिल्ली स्थित यमुना नदीको किनार स्थित निगम बोध घाटमा राजकिय सम्मानका साथ पुर्व मुख्यमन्त्रीको अन्त्यष्टी गरियो । उनको अन्तिम यात्रामा युपीए प्रमुख सोनिया गान्धी र कांग्रेसका महासचिव प्रियंका गान्धी पनि सहभागी भएका थिए ।
उक्त यात्रामा गृहमन्त्री अमित शाह पनि भिषण बर्षाका बावजुद शीला दिक्षितलाई अन्तिम श्रद्धान्जली दिन पुगेका थिए । नयाँ दिल्लीका शिल्पकार मानिएकी शीला दिक्षितलाई अन्तिम विदाई दिन दिल्लीमा प्राय नेताहरु भेला भएका थिए ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र उप मुख्यमन्त्री सीएम मनिष सिसोदिया पनि उनलाई श्रद्धान्जली दिन पुगेका थिए । यसअघि आइतबार कांग्रेस मुख्यालयमा शीला दिक्षित प्रति श्रद्धान्जली दिँदै सोनिया गान्धीले शीलालाई आफनी दिदी भएको बताएकी थिइन् । राजनितिक सम्बन्ध बाहेक आफनो आत्मिय सम्बन्धको उल्लेख गर्दे सोनियाले शीला आफनो अनन्य मित्र रहेको बताइन् ।

शनिबार शीला दिक्षितको निधनको समाचार बाहिर आएपछि निजामुद्दिन स्थित उनको आवासमा पुगेर प्रधानमन्त्री नरेन्द्र मोदी र सोनिया गान्धी समेत प्राय दिग्गज नेताले उनको पार्थिव शरीरमा श्रद्धान्जली दिएका थिए । आइबार बिहान शीला दिक्षितलाई अन्तिम विदाइ गर्न उनको आवासमा भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणी र सुषमा स्वराज पनि पुगेका थिए ।

दुबै नेताले फुल चढाएर दिल्लीका पुर्व मुख्यमन्त्री प्रति श्रद्धान्जली दिएका थिए । स्वराजले उनको स्मरण गर्दै आफुहरु फरक दलका भएपनि शीला आफनो राम्रो मित्र भएको बताइन् ।

शनिबार विहान शीला दिक्षितलाई स्वास सम्बन्धी समस्या देखिएको र मुटुको धडकन पनि बढेको थियो । परिवारले उनलाई तत्काल दक्षिणी दिल्लीको फोर्टिस एस्कर्ट हार्ट इन्स्टिच्युटमा पुर्याएका थिए । उक्त अस्पतालनमा करिब दुई दशक देखि शीला दिक्षितको मुटुको रोगको उपचार भइरहेको थियो ।

तर विच बाटोमै उनको मुटुको धडकन रोकियो । विहान १० बजेर ४० मिनेटमा उनलाई अस्पताल पुर्याइँदा उनी बेहोस हालतमा थिइन र उनको मुटुको धडकन पनि रोकिएको थियो । चिकित्सकहरुको प्रयासपछि शीलालाई केही समयका लागि होस आएको थियो ।

उनको स्थिति स्थिर थियो र उनलाई भेन्टिलेटरमा राखिएको थियो । तर अपरान्ह ३ बजेतिर उनलाई दोस्रो ह«दयघात भएपछि चिकित्सकहरु उनलाई बचाउन असफल भएका थिए । करिब ४ अस्पतालले उनको मृत्यु भएको घोषण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्