इजरायली राजनीतिक इतिहासमा नेतान्याहुको नयाँ कीर्तिमान



जेरुसेलम,(एजेन्सी)
बेन्जामिन नेतान्याहु इजरायलको सबैभन्दा लामो समय सत्तामा रहने प्रधानमन्त्री बन्न सफल भएको छन् । उनले इजरायलका संस्थापक पिताद्वारा यसअघि राखेको किर्तिमान तोडेका हुन् । उनले इजरायलका प्रथम प्रधानमन्त्री डेविड वेन गुरियनले भन्दा एक दिन बढि अर्थात कूल ४ हजार ८ सय ७६ दिन सत्तामा रहेर नयाँ कितीमान कायम गरेका हुन् ।

यसै वर्षको शुरुमा आफ्नौ पाँचौं कार्यकाल शुरु गरेका नेतान्याहुले सरकार बनाउन असफल भएपछि नयाँ चुनावका लागि आव्हान गरेका थिए । अहिले थुप्रै भ्रष्टाचारका अभियोग लगाइएका उनी माथि राजिनामाका लागि व्यापक दवाव परिरहेको छ । उनले आफु विरुद्ध लगाइएका समपूर्ण आरोप अस्विकार गर्दै तिनीहरु राजनीतिक पुर्वाग्रहबाट प्रभावित रहेको बताउँदै आएका छन् ।

सन् १९९६ मा पहिलो पटक निर्वाचित भएर उनी ४६ वर्षको उमेरमा इजरायलकै सबैभन्दा तरुनो प्रधानमन्त्री बन्न सफल भएका थिए । साथै उनी सन् १९४८मा इजरायलको स्थापना भएयताको पहिलो राष्ट्रिय नेता पनि हुन् । दक्षिणपन्थि लिकुड पार्टीका नेता नेतान्युलाई इजरायल – प्यालेस्टाइन शान्ति प्रक्रिया प्रति कडा विचार राखने व्यक्तित्वको रुपमा चिनिन्छ ।

सन् १९९८ मा उनले अधिनस्थ पश्चिम किनारको शहर हेव्रोनबाट आँशिक रुपमा यहुदीहरुलाई फिर्ता लग्ने काम गरेतापनि उनी शानितका लागि भुमि प्रदान गर्ने नीतिका कडा आलोचक हुन् । तर सो घटना यता उनले आफ्नो शासनकालमा आइन्दा कुनै पनि यहुदीलाई पहिेले देखि बस्दै आएको स्थानबाट फिर्ता नबोलाउने तथा प्यालेस्टाइनलाई पूर्ण स्वतन्त्र राज्यको मान्यता नदिने प्रतिवद्धता जाहेर गरेका थिए ।

बिवीको उपनामले पनि चिनिने नेतान्याहु इजरायलको राजीनितिक वृत्तमा विभाजित , भ्रष्ट र प्रजातन्त्र विरोधी व्यक्तित्वको रुपमा पनि चिनिन्छ । गत वर्षको १७ सेपटेम्वरको चुनावमा उनलाई हराउन खोज्ने विरोधी राजनीतिक खेमाले उनलाई कडा चुनौति दिँदै आएको छ । उनका कटर विरोधिमा पुर्व प्रधानमन्त्री तथा संयुक्त सेना प्रमुख एहुद वाराक पनि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्