ट्यांकरमाथिको इरानी कब्जा बदलाको कारबाही



लन्डन (एजेन्सीं) ।
बेलायतका विदेशमन्त्री जेरेमी हन्टले खाडीमा उसको एक तेल ट्यांकर कब्जामा लिइएको इरानको कारवाही प्रस्ट रुपमा बदलाका लागि भएको बताएका छन् ।
बेलायती विदेश मन्त्रीले इरानका विदेशमन्त्री जवाद जारिफसँगको फोन वार्तापछि इरानले उक्त कारवाही यसै महिना आफनो एक तेल ट्यांकरलाई नियन्त्रणमा लिएको जवाफ दिन बेलायतको ट्यांकर कब्जामा लिएको बताए ।

इरानको ट्यांकर कब्जामा लिनुमा बेलायतको भुमिका रहेको थियो ।
बेलायत यस तनावलाई मत्थर पार्ने मार्ग निकालने प्रया गरिरहेको तर खाडीमा आवागमन गर्ने सबै जहाज तथा ट्यांकरको सुरक्षा सुनिश्चित गर्नका लागि आवश्यक कदम उठाउने हन्टले बताए ।

इरानले उक्त तेल ट्यांकरले अन्तराष्ट्रिय समुद्रको नियम उलंघन गरेको आरोप लगाएको छ । हन्टसँग फोनवार्ताका क्रममा इरानी विदेश मन्त्री जरिफले उक्त जहाजले निश्चित रुपमा कानुनी कारवाही पुरा गर्नु पर्ने बताएको इरानीको न्युज एजेन्सीले जनाएको छ ।

स्टेना इन्पेरो तेल ट्यांकरका मालिकलाई चालक दलसम्म पुग्न दिइरुहेको छैन । तर उनीहरुको स्वास्थ्य स्थिति राम्रो भएको उनीहरुले बताएका छन् । ट्यांकर लिएर गइरहेका २३ जना चालकमा भारत, रुस, लाटविया र फिलिपिन्सका नागरिक रहेका छन् ।

शुक्रबार नै बेलायनको स्वामित्वमा रहेको लाइबेरियाको एक ट्यांकरलाई पनि इरानका सशस्त्र सुरक्षकर्मीले कब्जामा लिएको तर त्यसलाई सोही दिन मुक्त गरेका थिए । सोही दिन खाडीको मुख्य जलमार्गमा इरानका रिभोलुसनरी गार्डले अर्को स्टेना इम्पेरो ट्यांकर कब्जमा लिएका थिए ।

यसअघि खाडीमा बढ्दो तनाव कम गर्नका लागि इरानसँग उसले नियन्त्रण लिएको बेलायती ट्यांकर छोड्न लन्डनले अपिल गेको छ । ओमानको जलक्षेत्रमा उक्त ट्याकरमाथिको अवैध कब्जा पुर्ण रुपमा अस्विकार्य कदम भएको बेलायतले जनाएको छ । जफत गरिएको तेल ट्यांकर र उसका चालकदलका सदस्यलाई मुक्त गर्ने युरोपेको अपिललाई इरानले बेवास्ता गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्