चोरको आशंकामा हत्या



नयाँदिल्ली,(एजेन्सी) ।
पूर्वी भारतमा चौपाया चोर्न खोजेको आशंकामा आक्रोसित भिडले कुटपिट गर्दा तीनजना पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुासार शुक्रवार विहान विहार राज्यमा एउटा ट्रकमा एउटा राागो र एउटा बाछो लोड गर्न खोजिरहेकोे बेला तिनीहरुलाई गाउँलेहरुले रंगेहात समातेका थिए ।

यस अघि भारतमा गाई मार्न खोजेको आरोपमा जथाभावी ढंगले आक्रमण हुन थालेपछि धार्मिक अल्पमत तथा सामाजिक रुपमा पिछडिएका वर्गहरुमा सन्त्रास फैलिएको थियो । हिन्दुहरुले गाइलाई देवी वा माताको रुपमा पुजा गर्छन् । यस धर्ममा गाइ हत्या वर्जित छ ।

 

प्रतिक्रिया दिनुहोस्