कालीगण्डकी करिडोर १ महिनाका लागि बन्द



गुल्मी, (नेस) ।
कालिगण्डकी करिडोर १ महिनाको लागि बन्द हुने भएको छ । बर्षायामको समयमा मानबीय क्षती नहोस् भन्दै कालीगण्डकी करिडोरको हर्मिचौरदेखि अर्बेनीसम्मको सडक भदौ १५ गते सम्मका लागि बन्द गरिएको हो ।

नेपाली सेनाले बम बिष्फोट गरि सडक निर्माण गरिरहेको ठाउँमा बर्षायामको समयसँगै सडकमा यात्रा गर्दा जोखीम हुने भन्दै सडक बन्द गरिएको कालीगण्डकी करीडोर निर्माण कार्यदलका प्रमुख कर्नेल रेश्मिराज भट्राईले बताउनुभयो । सडकमा जोखीम मोलेर सवारी साधनहरु आवत–जावत गर्दा मानबीय क्षती समेत हुन सक्ने भन्दै बन्द गरिएकाले बैकल्पिक मार्गको प्रयोग गर्न नेपाली सेनाले आग्रह गरेको छ ।

सडक बन्द अबधीमा नेपाली सेनाले हर्मिचौर देउराली सडक खण्डको पहरामा बिष्फोट गरी पहरा फुटाउने कार्य गरिने पनि जानकारी दिएको छ । पैदल यात्रा गर्नेहरुका लागि पनि नेपाली सेनाको निगरानीमा यात्रा गर्ने र सुरक्षा दिने कर्नेल भट्राईले बताउनु भयो ।

हर्मिचौर देखि अर्बेनीसम्मको ७ किलोमिटर सडक खण्डमा बिचबिचमा पहिरो झर्ने कार्य जारी रहेकाले पनि सडक बन्द गर्नुपरेको नेपाली सेना कालीगण्डकी करिडोर निर्माण कार्यदलका प्रमुख भट्राईको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्