प्रहरीको टास्क फोर्स गठन



बैतडी, (नेस) ।
बैतडीमा विपद् जोखिम न्यूनीकरणका लागि प्रहरीले टास्क फोर्स गठन गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक पातलीको नेतृत्वमा २५ सदस्यीय र इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीको नेतृत्व १५ सदस्यीय टोली गठन गरिएको हो ।

टोली केही विपद् घटना हुनपुगे त्यसबाट हुने क्षति न्यूनीकरणका लागि तत्काल परिचालन हुने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक पातलीले बताउनुभयो ।

विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी टोली सतर्क अवस्थामा रहेको जनाएको छ । विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सम्भावित विपद्का बिषयमा पनि स्थानीय समुदाय जानकार हुनु आवश्यक रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्