आफ्नै ‘फायरिङ’ ले सैनिक घाइते



काठमाडौ (नेस) । नियमित अभ्यासका क्रममा गलत फायरिङ हुँदा नेपाली सेनाका एक जवान घाइते भएका छन् ।

दाङको घोराही उपमहानगरपालिका–१८ गिठेपानीमा सैनिक अभ्यासका क्रममा गरिएको फायरिङबाट १९ नं बाहिनी अड्डा तुल्सीपुर दाङमा कार्यरत सैनिक जवान सन्तोष लोहनीको बायाँ खुट्टामा गोली लागेको सैनिक मुख्यालय स्रोतले जानकारी दिएको छ ।

लोहनीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्