नेकपाको सबै जिल्लामा इन्चार्ज सहइन्चार्ज तोकिए



नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले एकीकरणको पन्ध्र महिनापछि ७७ वटै जिल्लाका इञ्चार्ज÷सहइञ्चार्ज र ६ वटा महानगरपालिकाको इञ्चार्जको टुंगो लगाएको छ ।

आन्तरिक विवादको कारण एकीकरण प्रक्रिया लम्बिदैँ गएपछि एकीकरण हुनुभन्दा पहिलेका जिल्ला इञ्चार्जलाई नै उक्त जिम्मेवारी दिने सहमति भएको थियो ।

नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको उक्त सहमतिअनुसार तयार पारिएको इञ्चार्ज/सहइञ्चार्जको सूची आइतवार बसेको सचिवालय बैठकले अनुमोदन गरेको थियो ।

यसअघि दोहोरो भूमिका नदिने भनिए मन्त्री र सांसदलाई नै जिम्मेवारी दिइएको छ । ४४१ जना केन्द्रीय सदस्यमध्ये मन्त्रीलाई पार्टीको जिम्मेवारी दिएको छ भने कतिपय केन्द्रीय सदस्य उक्त अवसरबाट वञ्चित भएका छन् ।

-मन्त्री भएकालाई पनि जिम्मेवारी
-मन्त्री, मुख्यमन्त्री समेत जिल्ला इन्चार्ज
-गैरे र न्यौपानेहरू अहिले पनि ‘आउट’

एक जिल्लामा एक जना इन्चार्ज र एक जना सह–इन्चार्ज बनाउने भनिए पनि कुनै जिल्लामा नौ जनासम्म केन्द्रीय सदस्यलाई सहइन्चार्जको जिम्मेवारी दिइएको छ । युवा नेता लेखनाथ न्यौपाने, ठाकुर गैरे लगायतका नेतालाई यसपटक पनि कुनै जिम्मेवारी दिइएको छैन् ।

संघीय सरकारका मन्त्री र प्रदेश सरकारका मुख्यमन्त्रीलाई समेत जिल्ला इन्चार्ज बनाइएको छ । प्रदेश सरकारका मन्त्रीहरु जिल्ला इन्चार्ज÷सहइन्चार्ज बनेका छन् । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलबाहेक सबै मन्त्री तत्तत् जिल्लाका इन्चार्ज÷सहइन्चार्ज बनाइएका छन् ।

को कहाँ ?
जिल्ला नाम जिम्मेवारी
काठमाडौं–सावित्रा भुसाल–इन्चार्ज
काठमाडौ महानगरं–जीवनराम श्रेष्ठ–इन्चार्ज
काभ्रे–गोकुल बास्कोटा–इञ्चार्ज
स्याङ्जा–पद्मा अर्याल–इन्चार्ज
सुनसरी–रामकुमारी चौधरी–सहइन्चार्ज
कालिकोट–महेन्द्रबहादुर शाही–इन्चार्ज
धादिङ–शालिकराम जमरकट्टेल–इन्चार्ज
रामेछाप–कैलाश ढुंगेल–सहइन्चार्ज
सिन्धुपाल्चोक–युवराज दुलाल–सहइन्चार्ज
पाँचथर–इन्द्र आङ्वो–इन्चार्ज
तनहुँ –हरिवहादुर चुमान–इन्चार्ज
मनाङ–रामशरण बस्नेत–इन्चार्ज
रुपन्देही–लीला गिरी–इन्चार्ज
पश्चिम नवलपरासी–बैजनाथ चौधरी–इन्चार्ज
जुम्ला–नरेश भण्डारी–सहइन्चार्ज
बाजुरा–प्रकाश शाह–सहइन्चार्ज
ताप्लेजुङ–भाष्कर काफ्ले –इन्चार्ज
इलाम– धीरेन्द्र शर्मा–
झापा–रविन कोइराला–
मोरङ–घनेन्द्र बस्नेत–
धनकुटा– धर्मराज निरौला÷हेमराज भण्डारी
तेह्रथुम –जयन्ती राई
संखुवासभा–राजेन्द्र कुमार राई
भोजपुर–सुदन राई किराती
खोटाङ–विशाल भट्टराई
सोलुखुम्बु–शिवबहादुर बस्नेत
ओखलढुंगा–यज्ञराज सुनुवार
उदयपुर–वलदेव चौधरी
विराटनगर महानगरपालिका–शिवकुमार मण्डल
सप्तरी–रामप्रित पाशवान–इन्चार्ज
सिराह–लिलानाथ श्रेष्ठ––इन्चार्ज
धनुषा–जोगकुमार बर्वरिया यादव–इन्चार्ज
महोत्तरी–राजु खड्का–इन्चार्ज
सर्लाही–डाचाराज वाग्ले–इन्चार्ज
रौतहट–युवराज भट्टराई–इन्चार्ज
बारा–वलवीरप्रसाद चौधरी–इन्चार्ज
पर्सा–नागेन्द्र चौधरी–इन्चार्ज
वीरगन्ज महानगरपालिका–दिनेश राई–इन्चार्ज
चितवन–कृष्ण खनाल–इन्चार्ज
मकवानपुर–विरोध खतिवडा–इन्चार्ज
नुवाकोट–महेन्द्र पाण्डे–इन्चार्ज
रसुवा–बिमला सुवेदी–इन्चार्ज
सिन्धुपाल्चोक–कृष्ण सापकोटा–इन्चार्ज
दोलखा–देवी खड्का–इन्चार्ज
रामेछाप–देवशकंर पौडेल–इन्चार्ज
सिन्धुली–विषमलाल अधिकारी–इन्चार्ज
भक्तपुर– दिलिपकुमार प्रजापति––इन्चार्ज
ललिपुर– हरि दाहाल–इन्चार्ज
भरतपुर महानगरपालिका–रेणु दाहाल–इन्चार्ज
ललितपुर महानगरपालिका–सुशीला नेपाल–इन्चार्ज
गोरखा–कृष्णप्रसाद धिताल–इन्चार्ज
लमजुङ–मायानाथ अधिकारी–इन्चार्ज
कास्की–राजकाजी गुरुङ–इन्चार्ज
नवलपरासी पूर्व– तिलक महत–इन्चार्ज
पर्वत–गुप्तबहादुर ठकुरी–इन्चार्ज
बाग्लुङ–वलावती शर्मा–इन्चार्ज
म्याग्दी–भपेन्द्रबहादुर थापा–इन्चार्ज
मुस्ताङ–श्रीमाया थकाली–इन्चार्ज
पोखरा महानगरपालिका–मानबहादुर जिसी–इन्चार्ज
नवलपरासी पश्चिम–बैजनाथ चौधरी–इन्चार्ज
रुपन्देही–लिला गिरी–इन्चार्ज
कपिलस्तु–गिरिधारीलाल न्यौपाने–इन्चार्ज
पाल्पा–सोमनाथ पाण्डेय–इन्चार्ज
गुल्मी–दिनेश पन्थी–इन्चार्ज
अर्घाखाँची–नजिर मियाँ–इन्चार्ज
प्युठान–कृष्णध्वज खड्का–इन्चार्ज
दाङ–जीवन गौतम–इन्चार्ज
रुकुम पूर्व–खेममान खड्का–इन्चार्ज
रोल्पा–दीपेन्द्र पुन–इन्चार्ज
बाँके– दिनेश यादव–इन्चार्ज
बर्दिया–लक्ष्मण ज्ञवाली–इन्चार्ज
सुर्खेत–नरबहादुर विष्णु–इन्चार्ज
दैलेख–लक्ष्मीप्रसाद मल्ल–इन्चार्ज
जाजरकोट–भैरवसुन्दर श्रेष्ठ–इन्चार्ज
जुम्ला–गजेन्द्रबहादुर महत–इन्चार्ज
मुग–मोहन बानिया–इन्चार्ज
हुम्ला–विजयी भण्डारी–इन्चार्ज
डोल्पा–हंशबहादुर शाही–इन्चार्ज
सल्यान–टेकबहादुर बस्नेत–इन्चार्ज
रुकुम पश्चिम–रामकुमार शर्मा–इन्चार्ज
दार्चुला–गणेश ठगुन्ना–इन्चार्ज
बैतडी–नरेन्द्रबहादुर कुँबर–इन्चार्ज
डडेलधुरा–खगराज भट्ट–इन्चार्ज
कन्चनपुर–विक्रम शाही–इन्चार्ज
कैलाली–रुपा चौधरी–इन्चार्ज
डोटी–प्रेमबहादुर आले–इन्चार्ज
अछाम–तारामान स्वाँर–इन्चार्ज
बझाङ–भैरबहादुर सिंह–इन्चार्ज
बाजुरा–लालबहादुर थापा–इन्चार्ज

प्रतिक्रिया दिनुहोस्