चट्याङ लागि बालकको मृत्यु



बुद्ध नेपाली, सिन्धुली । सिन्धुलीको हरिहपुरगढी गाउँपालिका २ मा पानीसँगै परेको चट्याङ लागि एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।

आईतबार दिउँसो पानीसँगै परेको चट्याङ लागि हरिहपुरगढी गाउपालिका २ चईनपुरका शेर बहादुर तिरुवा विकका ११ बर्षिया छोरा नवराज तिरुवा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

आफ्नो घरदेखि २ कि.मि. पश्चिममा पर्ने बालगैरा जंगलमा च्याउ टिप्न जादा अचानक पानिसंगै परेको चट्याङ लागि उनको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्र बहादुर श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्