सिंचाई ट्याङकीमा डुबेर बालकको मृत्यु   



विनोद सिंह विष्ट, बैतडी । सिंचाई ट्याङकीमा डुबेर आइतवार बैतडीमा एक बाललको मृत्यु भएको छ । मृत्यु हुनेमा सिगास गाउँपालिका १ तल्लोजुकेपानीका पदम बिकका ८ महिनाका छोरा समीर बिक रहेका छन् ।

बालकको घरछेउमै रहेको सिचाँइ ट्याङकीमा डुबेर मृत्यु भएको सिगास गाउँपालिका १ का वडाअध्यक्ष गगनसिंह धामीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय बैतडीले भने उक्त घटनाको बिषयमा कुनै जानकारी नआएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्