इलाममा ७१ प्रतिशत मुद्दाको फैसला



गणेश घिमिर, इलाम । जिल्ला प्रशासन कार्यालय इलाममा गत आर्थिक वर्ष (०७५/७६) मा दर्ता भएका विभिन्न प्रकृतिका मुद्धामध्ये ७१ दशमलव १० प्रतिशत मुद्धाको फैसला भएको छ । ठाडो उजुरी परेका ६७ वटा गुनासोको भने छलफलको माध्यमबाट समस्या समाधान गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनुभयो  ।

प्रशासनको तथ्याङ्क अनुसार गत आर्थिक बर्षमा बिभिन्न प्रकृतिका एकसय ३४ वटा मुद्धा दर्ता भएका थिए । दर्ता भएका मध्ये एकसय छ वटा मुद्धाको फैसला भइसकेको र २८ वटा मुद्धाको फैसला हुन बाँकी रहेको छ । प्रशासनमा सार्वजनिक अपराध सम्बन्धि ६१ वटा मुद्धा दर्ता भएकोमा ५४ वटाको फैसला भएको छ ।

यस्तै हातहतियार तथा खरखजना सम्बन्धि ३ वटा दर्ता भएकोमा २ वटाको फैसला भएको छ । कार्यस्थलमा यौन दुब्र्यबहार गरे सम्बन्धि दर्ता भएको एउटा मुद्धाको फैसला भइसकेको छ । सार्वजनिक शान्ति बिरुद्धको कसुर सम्बन्धि ३७ वटा मुद्धा दर्ता भएकोमा २१ वटाको फैसला भइसेकेको छ । यस्तै सार्वजनिकहित बिरुद्ध परेका ३१ व्टा मुद्धामध्ये २८ वटाको फैसला भइसकेको छ ।

त्यस्तै सवारी क्षतीपूर्ती सवारी दुर्घटना सम्बन्धि परेको एउटा मुद्धाको भने फैसला भएको छैन ।

यता प्रशासनमा रहेको बिपद ब्यबस्थापन कोषबाट गत आर्थिक बर्ष दैबि प्रकोपबाट पिडीत भएका ४७ घरपरिवारलाई आठलाख १५ हजार रुपैंयाँ राहात रकम बितरण गरेको प्रशासनले जनाएको छ । आगलागिबाट पिडित ३५ घरपरिवारलाई पाँचलाख ३५ हजार, बाढी पहिरोबाट पिडीत छ घरपरिवारलाई एकलाख ५० हजार, चटयाङबाट पिडीत चारघर परिवारलाई एकलाख २० हजार र हावाहुरीबाट पिडीत दुई घरपरिवारलाई दशहजार रुपैंयाँ राहात रकम उपलब्ध गराएको छ ।

प्रशासनका अनुसार गत आवमा बाढीले बगाएका र चटयाङ्गबाट मृत्यु भएका एक/एकजनाको परिवारलाई एक/एकलाख रुपैंयाँ राहात रकम उपलब्ध गराएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्