दाङमा जंगली च्याउ खाँदा एकै परिवारका तीन बिरामी, आमा छोरी गम्भीर



दाङ ।
दाङमा जंगली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । जिल्लाको घोराही उपमहानगरपालिका १७ भैसाही बस्ने ६८ वर्षीया दुर्गा रेग्मी, उनका छोरा ३१ वर्षीय जिवराज रेग्मी र उनकी छोरी २० वर्षीया संगीता रेग्मी बिरामी परेका हुन् ।

आइतबार दिउँसो जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु विरामी परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु सबैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।

आमा छोरीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने छोरीको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्