नौ दिन बित्दा पनि बेपत्ता बालिका भेटिएनन् 



इलाम । गत असार २८ गते शनिबार बिहान देखि बेपत्ता भएका इलाम माईनगरपालिका वडा नम्बर १ जुवालेका तीनजना बालिकाहरु नौदिन बितिसक्दा पनि अझै फेला पर्न सकेका छैनन् । बिद्यालयबाट परिक्षा दिएर घर फर्कने क्रममा माईखोलामा आएको बाढीले जुवालेका १५ बर्षिय आकृति लिम्बु, १४ बर्षिय निशा सुनुवार र १२ बर्षिय सुनिता साउदेनलाई बगाएर बेपत्ता बनाएको थियो ।

घटना भएपछि स्थानीय र प्रहरीले खोजी गरेपनि अझै फेला पार्न नसकेको प्रहरीले जनाएको छ । असारको अन्तिम सातातिर परेको अबिरल बर्षापछि माईखोलामा बाढि आएको थियो । खोलामा पानीको सतह केहि घटेपछि खोला तर्ने क्रममा एक्कासी बाढि आउँदा उनीहरुलाई बाढिले बगाएको थियो । घटनापछि बेपत्ता बालिकाहरुको चण्डालघाटबाट प्रहरीले खोजी कार्य शुरु गरेको थियो । अहिले पनि खोजिकार्य जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्