छवी र शिल्पामाथि जेठी श्रीमतीले दिइन् बहुविवाहको उजुरी



काठमाडौँ । निर्माता छवीराज ओझा र नायिका शिल्पा पोखरेलको डिभोर्सको चर्चामा नयाँ ट्वीष्ट आएको छ । निर्माता ओझाकी जेठी पत्नी हेमा ओझाले बहुविवाहको उजुरी दिएसँगै नयाँ ट्विष्ट आएको हो ।

प्रहरी वृत्त गौशालामा उनले दिएको उजुरीमा छवी र शिल्पालाई विपक्षी बनाइएको छ । जाहेरीमा लेखिएको छ–‘शिल्पा पोखरेल भन्ने व्यक्तिसँग मेरा श्रीमान् छवीराज ओझाको सम्बन्ध रहेको भन्ने हल्लाहरु आइरहँदा पनि मैले श्रीमान् छवी ओझासँग सोध्दा के छ प्रमाण भन्ने प्रतिपश्न पाएको थिए । मैले पनि प्रमाण कतै भेटिनँ, विवाह दर्ता कहि कतै भएको रहेनछ ।

दुई सन्तानकी आमा हेमाले श्रीमान ओझा र सौता पोखरेलविरुद्ध आइतबार महानगरिय प्रहरी वृत्त गौशलामा बहुविवाहको मुद्दा दायर गरेकी हुन् । अधिकवत्ता स्वागत नेपाललाई लिएर हेमाले छवि र शिल्पाविरुद्ध बहुविवाहको मुद्धा दायर गरेकी हुन् ।

पहिला प्रमाण नभएको र हाल प्रमाण प्राप्त भएकाले श्रीमान र कान्छी श्रीमती शिल्पाविरुद्ध बहुविवाहको मुद्दा हालेको हेमाले निवेदनमा खुलाएकी छिन् । आफु माथि घरेलु हिंसा भएको भन्दै गत साता श्रीमान छवीराज ओझाविरुद्ध प्रहरी परिसर टेकुमा निवेदन दिएकी थिइन् । त्यसपश्चात् शिल्पाले काठमाण्डौं जिल्ला अदालतमा डिभोर्स फाइल गरिन् । छविकी जेठी श्रीमती हेमाले बहुविवाहको मुद्धा दायर गरेसँगै छवि शिल्पाको परपाचुके प्रक्रियालले नयाँ मोड लिएको छ ।

प्रतिक्रिया दिनुहोस्