त्रिभूवन विमानस्थलबाट ४ करोडको लागूऔषध समातियो



काठमाडौँ । काठमाडौंबाट भारतको नयाँ दिल्ली हुदै जापान जान लागेका पोर्चुगिच नागरिक टाइगो मिन्डिस पिरिआइरा चार करोड मूल्य बराबरको लागू औषध एम्फेटामाईन सहित पक्राउ परेका छन् ।

सो परिमाण हालसम्म बरामद भएको मध्ये ठूलो भएको बताइएको छ । एयर इण्डियाको उडानबाट दिल्ली प्रस्थान गर्ने तयारीमा रहेका उनी त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट पक्राउ परेका हुन् । विमानस्थलमा रहेको प्रहरीको लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालयले २५ बर्षिय पिरिआइरालाई पक्राउ गरेको हो । उनको राहदानी नं–सीए ७०१२९२ भएको प्रहरीले जनाएको छ ।

उनको झोलाबाट चार केजी २ सय ग्राम लागु औषध बरामद भएको हो । २७ वटा कागजका बक्समा रुमाल, टाई र त्यसमुनी फल्स बटम बनाएर राखिएको अवस्थमा लागु औषध फेला परेको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्