दाङमा एक जना झुण्डिएको अवस्थामा फेला



दाङ । दाङमा प्रहरीले एक जनालाई झुण्डीएको अवस्थामा फेला पारेको छ । घोराही उप–महानगरपालिका– १६ तेरौटे बस्ने ३८ वर्षीय बुझाउन चौधरी झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

उनलाई शनिवार दिउँसो साढे २ बजेको समयमा प्रहरीले फेला पारेको जनाईएको छ । प्रहरीका अनुसार चौधरी आफ्नै घरको कोठामा प्लाष्टिकको डोरीले पासो लागाई झुण्डीएको अवस्थामा फेला परेका थिए ।

चौधरीको लाश पोष्ट मार्टमको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाईएको छ । यसबारे थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्