लागूऔषध सहित तीन पक्राउ      



सुभेन्द्र दास, लहान । सशस्त्र प्रहरीको टोलीले सिरहा नगरपालिका १७ माडरबाट प्रतिबन्धित लागुऔषधसहित तीन युवालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट माडरबाट खटिएको टोलीले जाँचका क्रममालागुऔषधसहित उदयपुरको कटारी नगरपालिका १ निवासी १७ वर्षीय राहुल घलेमगर, २० वर्षीय दिबहादुर खत्री र २० वर्षीय मिलन माझीलाई पक्राउ गरेको सशस्त्रप्रहरी बल बोर्डर आउटपोष्ट माडरका प्रमुख सशस्त्र प्रहरी निरीक्षकसुरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

भारतबाट पैदल आउँदै गरेका तीनै जनालाई शङ्का लागेर जाँच गर्दा लागुऔषध१०० ट्याब्लेट निट्राजिपाम बरामद भएकाले पक्राउ गरिएको प्रहरी निरीक्षकशाहीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्