नाबालिका करणी गर्ने अभियुक्त कारागार चलान



रामधन राई, खोटाङ । खोटाङमा नावालिका करणी मुद्धाका दोषीलाई १० बर्ष कैदका कारागार चलान गरिएको छ । २०६६ साल असार २३ गते करणीमा संलग्न भएकामा दोषी ठहर साकेला गाउँपालिका–५ मात्तिम (साविकको मात्तिम–७) का ३४ वर्षीय तेजबहादुर राई आईतबार कारागार चलान गरिएको हो ।

शुक्रबार घरैबाट पक्राउ परेका राईलाई जिल्ला अदालतमा उपस्थित गराए लगत्तै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कट्वालले बताउनुभयो । जवरजस्ती करणी गरेकामा उनलाई जिल्ला अदालतले २०७१ साल मंसिर २५ गते १० वर्ष कैंद सजाय सुनाएको थियो ।

१० वर्षसम्म जिल्ला बाहिर लुकिछिपी बस्दैआएका राई केही दिनअघि घर आएको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्