पत्रकार दबू भक्तपुरको अध्यक्षमा तमखु

नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर शाखाको छैटौं अधिवेशन सम्पन्न



भक्तपुर, (नेस) ।
नेवाः पत्रकार राष्ट्रिय दबूको तेस्रो अधिवेशनले रामगोपाल तमखुको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा सुरेश श्रेष्ठ, सचिवमा देवेन्द्र प्रजापति, कोषाध्यक्षमा चन्द्रकृष्ण श्रेष्ठ रहनुभएको छ ।

त्यसैगरी सदस्यहरु रीता दुवाल, प्रकाश मल्ल, राजन गरु, ऋषिकेश श्रेष्ठ, नारायणप्रसाद (सिमान्त) शिल्पकार हुनुहुन्छ ।त्यसैगरी कृष्ण किसी, पूर्णभक्त दुवाल, रत्नकृष्ण श्रेष्ठ, राजाराम नापित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन हुनुभएको छ ।

यस अघि एक समारोहकाबीच पत्रकार दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले अधिवेशनको उद्घाटन गर्दै सञ्चार क्षेत्र समावेशीलाई, नेपाली समाजको विविधतालाई सञ्चारमाध्यममा प्रतिविम्बित गराउन दबूमा आबद्ध पत्रकारहरुले विभिन्न पत्रकारसम्बद्ध संगठनसंग मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्