शिक्षाको नाममा ब्राह्मलुट !



विजय नेपाली, पोखरा।

पोखरामा शिक्षाको नाममा अधिकांस विधालयले शिक्षाको नाममा ठगी गरेको भन्दै पोखराका अभिभावकहरु संगठित भएका छन ।

माध्यामिक तहको विधालयहरुले विधार्थीहरुबाट चर्को शुल्क लिए पनि सोहि अनुसारको अध्यापन नगराएको अभिभावकहरुले आरोप लगाएका छन ।

विधालयहरु न्युनतम दुई सय २० दिन खुल्नुपर्ने जस्मा एक सय ९२ दिन पढाइ हुनुपर्ने शिक्षा ऎन २०२८ ले अनिवार्य हुनुपर्ने निर्देशन गरेको छ । कक्षा १ देखि १० र कक्षा ११–१२ को शैक्षिक शत्रको शुरुआत एकै समयमा नहुदा कक्षा ११–१२ को पठन पाठन दुई सय २० दिन नभई करिब एक सय ८० दिन मात्र हुँदै आएको छ ।

कक्षा १ देखि १० सम्म बैशाख देखि नै शैक्षिक सत्र शुरुभए पनि ११र१२ को भने साउनबाट मात्रै शुरु हुने गर्छ । तर एस।इ।इ सकेर कुनै पनि विधालयमा भर्ना हुन जाने विधार्थीहरुले साउन अघिको तीन महिनाको समेत रकम तिर्नपर्ने बाध्यता छ ।

सामुदायिक विधालयमा करिव ८ सय देखि १२ सय सम्म मासिक फि लिने गरेको पाइन्छ भने निजि विधालयमा न्युनतम तीन हजार देखि माथी लिने गरेको पाइन्छ ।

यतिमा मात्र होइन प्रत्येक विषयको पढाइमा समेत ठगिने गरेका छन विधार्थीहरु । माध्यामिक शिक्षा परिषद् ,पाठ्यक्रम तथा प्रशिक्षण महाशाखा २०६९ ले व्यवस्थापन, शिक्षा, मानविकी , कानुन लगायतका विषयलाइ दैनिक एक घण्टा र वार्षिक एक सय ५० घण्टा र बिज्ञान विषयमा प्रयोगात्मक कक्षा समेत हुने हुदा थप एक घण्टा शिक्षण गर्न निर्दिष्ट समेत गरेको छ ।

तर पनि पोखरा मात्र नभइ देशभरका हजारौ विधालयले लाखौ विधार्थीलाइ ठगी गर्दै आइरहेको अभिभावकहरुको गुनासो छ । पाठ्यभार घटाउन नपाउने व्यवस्थालाइ लुकाएर आफुखुसी प्रती विषय वार्षिक ५० घण्टा प्रत्येक विषयको दुई सय ५० घण्टा कम पढाएर बालबालिका माथि चरम शोषण गरेको
अभिभावकहरुको गुनासो रहेको छ ।

कुनै पनि विषय ४५ मिनेट पढाउनेले ५० पिरियड अर्थात दुई महिना कम पढाउने गर्छन भने ४० मिनेटको कक्षा संचालन गर्नी ७५ पिरियड अर्थात तीन महिना कम पढाउने गर्छन । यो देशकै ज्वलन्त समस्या हो । देशभरका अधिकांस अभिभावकलाइ शैक्षिक क्षेत्रमा आफ्ना बालबालिका ठगी भएको कुरा समेत थाहा छैन ।

विधार्थीहरु ठगिदा समेत अभिभावक सुतेर बसेको कारणले विभिन्न विषयमा समेत विधालयले रकम असुल्ने गरेको संयुक्त अभिभावक संघर्ष समिती कास्कीका संयोजक यमनाथ सापकोटाले बताउनुभयो ।

यो पोखराको मात्र समस्या होइन हामिले विधालयले माग्ने रकम जहिले पनि दिने गरेका छौ, तर शिक्षा ऎन अन्तरगत अध्यापन कसैले पनि गराएको पाइदैन विधार्थीहरु खुलेआम ठगिएका छन यसका विरुद्ध सबै एक हुन आवश्यक छू सापकोटाले भन्नुभयो ।

पोखरामा एक विधालयले एक ठाउँमा विधालयको स्वीकृत लिदै अन्यत्र संचालन गरेको बताउनुभयो ।

कक्षा ११ को भर्ना प्रक्रियामा समेत इन्ट्रान्स परिक्षाको नाममा विधार्थीलाइ अनावश्यक सास्ती दिएर बालबालिकालाइ हतोत्साहित बनाइएको छ । एस.इ. इ सकेर पनि पुन परीक्षा दिनुभनेको एस.इ.को विश्वसनिय नहुनु जस्तो देखियो सापकोटाले भन्नुभयो । त्यस्तै मादी गाउँपालिका वडा ४ का वडाअध्यक्ष सत्यराज सापकोटाले शिक्षा अनुगमन समिती गठन गरि अनुगमन गर्न आवश्यक रहेको बताउनुभयो ।

अभिभावक हरुको कदम प्रती जनप्रतिनिधिको समेत साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । शिक्षा क्षेत्रमा विधार्थीमाथि भएको अन्यायको अनुगमन गर्ने निकाय मौन रहदा अभिभावकहरुनै संघर्षमा उत्रन बाध्य भएका छन । यस विषय प्रती सम्बन्धित निकायले कदम चाल्न पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्