पाराग्लाइडिङको सागमा स्वर्ण ल्याउने लक्ष्य



योगेश भट्टराई अहिले निकै चर्चामा हुनुहुन्छ। हालै सम्पन्न पल्सर स्पोर्टस् अवार्डमा पाराग्लाइडिङमा तीन अवार्ड लिएपछि उहाँको चर्चा चुलिएको हो। नेपाली पुरुष पाराग्लाइडिङ टिमलाई इन्डोनेसियामा भएको एसियन गेम्समा रजतपदक दिलाउन उहाँको भँमिका महत्वपँर्ण र≈यो। एउटा एडभेन्चर खेलबाट नेपाललाई पदक दिलाउनुभयो उहाँले। यसैले पनि उहाँको भँमिकाको मँल्यांकन गर्दै पल्सर स्पोर्टस् अवार्डमा भट्टराई उत्कृष्ट प्रशिक्षक घोषित हुनुभयो। भट्टराईले योभन्दा अझ अगाडि जानसक्ने धेरै सम्भावना भएको पनि बताउनुभएको छ। उहाँका अनुसार ओलम्पिकमा समेत नेपालले पाराग्लाइडिङबाट पदक जित्न सक्ने सम्भावना रहेको छ। नेपालमा पाराग्लाइडिङलाई खेलका रूपमा विकास गरेकोे उहाँको टिमले हाल १३औैं दक्षिण एसियाली खेलकुद (साग) का लागि पोखरामा प्रशिक्षण गरिरहेको छ। उहाँसँग नेपाल समाचारपत्रका लागि फिरोज राजोपाध्यायले गरेको कुराकानी प्रस्तुत गरिएको छ।

सागका लागि कस्तो तयारी भइरहेकोे छ?
सागका लागि रामै्र तयारीमा लागिरहेका छौं। अहिले क्लोज क्याम्पमा रहेर प्रशिक्षणमा छ टिम। तर मनसुन भइरहेकाले केही अप्ठ्यारो पनि भइरहेको छ। वैदेशिक प्रशिक्षणका लागि पनि पहल गरिरहेको छु। हेरौं के हुन्छ ?

सागमा के आशा गर्नुभएको छ ?
सागमा स्वर्ण पदक जित्ने लक्ष्य छ। दक्षिण एसियामा नेपाल पाराग्लाइडिङमै नम्बर वान टिम हो। त्यसैले मलाई आशा छ स्वर्ण जित्नेमा। तर खेल हो भन्न पनि सकिँदैन। भारतले अलि चुनौती दिन सक्छ। हामी उनीहरूसँग सतर्क रहनुपर्छ। ¥यांकिङको हिसाबले हामी अगाडि छौं।

के साग हुने महिना (डिसेम्बर) पाराग्लाइडिङका लागि अनुकुल हुन्छ ?
डिसेम्बर ठिकठिकै हुन्छ। अनुकुल नै हुन्छ। भन्नै पर्दा पाराग्लाइडिङका लागि फेबु्रवरी र मार्च एकदम उपयुक्त समय हो।

मैले सन् २००७ देखि पाराग्लाइडिङमा करियर बनाएको हँु। त्यतिबेला नेपालमा पाराग्लाइडिङमा आकर्षित भएर विदेशीहरू आउने गर्छन्। त्यति व्यवसायिक भएको थिएन। पछि विस्तारै यो व्यवसायिक हुँदै गयो। प्रायःजसो विदेशीहरू पाराग्लाइडिङकै लागि नेपाल आउने पनि गरेको मैले महशुस गरेँ। विदेशीले त यसमा लागे भने नेपालीले यस्तो मौका किन खेर फाल्ने भन्दै म पनि यसैमा लागेँ।

सागका लागि राखेपबाट कति सहयोग भइरहेको छ ?
सहयोगभन्दा पनि तयारीका लागि रकम र आवश्यक सामग्रीको माग गरेको छु। सरकारले बजेट त दिइसकेको छ। राखेपबाट कति आउँछ त्यसैको पर्खाइमा छु। यो यो सामग्री चाहिने भनेर पत्र पनि राखेपलाई बुझाइसकियो। हालै नवनियुक्त सदस्यसचिवसँग पनि भेट भएको छ। उहाँ पोजिटिभ हुनुहुन्छ।

यसअगाडिकोे एसियन गेम्समा खर्च कसरी जुटाउनुभयो त ?
यसमा चाहिने सामग्री निकै महँगो छ। हेल्मेट, विंग, हार्नेस, रेडियोमिटर, ग्लाइडर, जीपीएस लकजस्ता सामग्री गरी प्रत्येकलाई करिब १२ लाख जति त खर्च गरियो। खर्च गरेअनुसार नेपाली टिमले पदक पनि प्राप्त ग¥यो। एक हिसाबले पाराग्लाइडिङ पनि खेलमा कति महत्व रहेको भन्ने सन्देश पनि दियो।

एसियन पदकले नेपालमा पाराग्लाइडिङलाई हेर्ने दृष्टिमा फरक भएको हो त ?
एकदमै फरक भएको छ। इन्डोनेसियामा पाराग्लाइडिङले नेपाललाई एउटै पदक दिएको थियो। पहिले यसलाई पर्यटन विकासका लागि हेरिन्थ्यो। तर पदक प्राप्त गरेपछि यसलाई खेलका रूपमा पनि विकास गर्नुपर्ने आवाज सरकारीस्तरबाटै आइरहेको छ। जब एसियनमा रजत जित्यो त्यहींदेखि पाराग्लाइडिङ पनि खेल हुन सक्छ भन्ने सन्देश गएको छ। नेपाली टिमको हौसला पनि बढेको छ।

यहीं टिमबाट ओलम्पिकमा पनि पदक ल्याउन आशा गर्न सकिन्छ ?
सकिन्छ। आगामी २०२० मा हुने जापान ओलम्पिक गेम्समा पाराग्लाइडिङलाई समावेश गरेको छैन। अबको पालो भनेको २०२४ को ओलम्पिकमा नेपाललाई पदक दिलाउने कोसिस गर्ने हो। त्यो सालमा ओलम्पिक फ्रान्समा हुँदै छ। पाराग्लाइडिङ शुरू भएको फ्रान्सबाटै हो। त्यसैले त्यहाँ पाराग्लाइडिङलाई पनि समावेश गरिन्छ भन्ने मेरो विश्वास हो।

नेपालमै प्रशिक्षणबाट यो सम्भव होला त ?
हुन त नेपालमै प्रशिक्षणले सम्भव नहोला। तर विदेशमा गएर प्रशिक्षण लिन पाएमा अझ राम्रो हुनेछ। युरोपमा टफ पाइलट भेट्न सकिन्छ उनीहरूसँगै प्रशिक्षण लिएमा नेपाली पाइलटको स्तर अझ सुधारिनेछ। मौका चाहियो विदेशमा प्रशिक्षण लिन।

एयरपोर्टमा पुगेपछि विदेशीलाई गोदावरीनजिक छ। तापनि पोखरामा पुग्नुको कारण त्यहाँको रमणीय दृश्य हुनसक्छ। ताल, हिमालको मनोरम दृश्यले प्रायःजसो नेपाल आउने पर्यटकलाई आकर्षित गरेको हुन सक्छ। अर्को पाराग्लाइडिङ गर्न सराङकोट विश्वकै शीर्ष ५ मा पर्छ। गोदावरीमा नहुनु शायद मार्केटिङ गर्न पनि कमजोर भएको हो कि ?

तपाई कसरी पाराग्लाइडिङतिर आकर्षित हुनभयो ?
मैले सन् २००७ देखि पाराग्लाइडिङमा करियर बनाएको हँु। त्यतिबेला नेपालमा पाराग्लाइडिङमा आकर्षित भएर विदेशीहरू आउने गर्छन्। त्यति व्यवसायिक भएको थिएन। पछि विस्तारै यो व्यवसायिक हुँदै गयो। प्रायःजसो विदेशीहरू पाराग्लाइडिङकै लागि नेपाल आउने पनि गरेको मैले महशुस गरेँ। विदेशीले त यसमा लागे भने नेपालीले यस्तो मौका किन खेर फाल्ने भन्दै म पनि यसैमा लागेँ। युरोप, एसियाका पर्यटकहरूसँगै मेरो पनि लगाव यसैमा र≈यो। प्रतियोगिता पनि हुने धेरैजसो विदेशी जित्ने पनि भइरहेको थियो। पछि नेपाली पाइलटले पनि सहभागी जनाउन थाले। जित्न पनि थाले। एक किसिमले रमाइलो लाग्ने खेल हो यो। यसैले पनि आकर्षित भएँ म।

पाराग्लाइडिङजस्तो एडभेन्चर खेलमा लागेर सन्तोष हुनुहुन्छ त ?
सन्तोषभन्दा पनि निकै खुसी छु। एसियन गेम्समा रजतपदक प्राप्त गरेपछि विजेता पाइलटहरूलाई पुरस्कार रकम दिइयो। अवार्डहरू पनि दिइयो। हालै सम्पन्न एनएसजेएफ र मेधावी दशरथ चन्द अवार्डमा त युकेश गुरुङले उत्कृष्ट खेलाडीको अवार्डसमेत हात पार्नुभयो। त्यस्तै एनएसजेएफ अवार्डमा हाम्रो टिम उत्कृष्ट भयो र म उत्कृष्ट प्रशिक्षकसमेत घोषित भएँ। यो भनेको ठँलै उपलब्धि हो। मलाई लागेको छ नेपाली पाराग्लाइडिङको भविष्य अझ राम्रो छ।

हाल कति नेपाली पाइलट छन् पाराग्लाइडिङमा ?
अहिले धेरै यतैतिर आकर्षित छन्। हालै मात्र पनि ३ सयको हाराहारीमा नेपाली पाइलट छन्। उहाँहरू विभिन्न शहरमा व्यवसायिक रूपमा पाराग्लाइडिङमा लागिरहनुभएको छ।

पोखराको सराङकोटमा निकै पाराग्लाइडिङ हुने गर्छ। नेपालको अरू कहाँ–कहाँ यसको भविष्य छ ?
सराङकोटबाहेक हेर्ने हो भने ललितपुरको गोदावरी, पाल्पा, सुर्खेत, धरान, स्याङ्जाको बन्दीपुरमा पनि पाराग्लाइडिङ गर्न सकिन्छ।

एयरपोर्टनिकट गोदावरी भए पनि त्यहाँ यो खेल पोखराको दाँजोमा त्यति नफस्टाउनुको कारण के होला ?
एयरपोर्टमा पुगेपछि विदेशीलाई गोदावरीनजिक छ। तापनि पोखरामा पुग्नुको कारण त्यहाँको रमणीय दृश्य हुनसक्छ। ताल, हिमालको मनोरम दृश्यले प्रायःजसो नेपाल आउने पर्यटकलाई आकर्षित गरेको हुन सक्छ। अर्को पाराग्लाइडिङ गर्न सराङकोट विश्वकै शीर्ष ५ मा पर्छ। गोदावरीमा नहुनु शायद मार्केटिङ गर्न पनि कमजोर भएको हो कि ?

 

 

प्रतिक्रिया दिनुहोस्