नेपालको लगानी क्षेत्रबारे स्पेनिस व्यवसायीलाई ब्रिफिङ



दीपेन्द्र गजुरेल, स्पेन ।
युरोपेली मुलुक स्पेनबाट नेपालमा लगानी भित्र्याउने उद्देश्यका साथ यहा“का व्यवसायी र लगानीकर्तास“ग अन्तत्र्रिmया गरिएको छ ।
म्याड्रिडस्थित नेपाली दूतावासले आयोजना गरेको आर्थिक कूटनीति कार्यक्रमअन्तर्गत ‘लगानीका लागि नेपाल सुरक्षित गन्तव्य’ विषयक अन्तत्र्रिmयामा आईडीओएम, ग्रुपजेनजेन, मल्टिप्यानल, आइएफईएमए जस्ता चर्चित कम्पनीका प्रतिनिधि सहभागी थिए ।

नेपाल लगानी बोर्डका सिनियर डिभिजनल इन्जिनियर सुनिल पौडेल तथा शाखा अधिकृत दीपिका सिटौलाले व्यवसायीलाई नेपालमा लगानीका क्षेत्रबारे ‘ब्रिफिङ’ गर्नु भएको थियो । कार्यक्रममा एनआरएनए म्याड्रिडका अध्यक्ष सुजिल गोले तथा एनआरएनए यूरोप सहसंयोजक एकराज गिरी लगायतका पदाधिकारीको उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै स्पेका लागि नेपाली कार्यवहाक राजदूत हरिहरकान्त पौडेलले नेपालले राजनीतिक संक्रमण पूरा गरेकाले अहिले लगानीका लागि उपयुक्त वातावरण बनेको बताउनुभयो । नेपालको औद्योगिक क्षेत्र र कलकारखानामा लगानी गरी नेपालमा उत्पादित वस्तु ठूला अर्थतन्त्र भएका छिमेकी मुलुकमा निर्यात गर्न सकिने उहा“ले उदाहरण दिनुभयो ।

लगानी बोर्डका प्रतिनिधि पौडेलले नेपालमा लगानी सम्बन्धी नियम कानूनमा गरिएको सुधारले लगानीमैत्री वातावरण बनेको बताउ“दै भन्नुभयो–‘विदेशी लगानीकर्ताले लगानी र प्रतिफल सुरक्षित तवरले स्वदेशमा फिर्ता लान सक्ने अवस्था बनेको छ ।’ नेपालको जलविद्युत्मा हुने लगानी पहिलो १० वर्षमा शतप्रतिशत तथा थप ५ वर्ष ५० प्रतिशत कर छुटको प्रावधान भएको उहा“ले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय बोलपत्र, बोर्डको शो–केसमा रहेका परियोजना र प्रतिफलका विविध सम्भावनाबारे पौडेलले अवगत गराउनुभयो ।
उहा“का अनुसार युरोपेली मुलुकका विभिन्न कम्पनीले नेपालको जलविद्युत् क्षेत्रमा लगानी लागि चासो लिएका छन् । यही अवसरमा बोर्ड टोलीले म्याड्रिड चेम्बर अफ कर्मसका पदाधिकारीस“ग पनि द्विपक्ष्ीाय भेटवार्ता गरेको छ । म्याड्रिड चेम्बरका अन्तर्राष्ट्रिय डेक्स नियाल्ने प्रबन्धक एस्टर क्याल्भो रुइज लगायतका पदाधिकारीस“ग नेपाली टोलीले छलफल गरेको हो ।

नेपाली दूतावासले गत मार्चमा पनि नेपालको लगानी प्रवद्र्धन गर्नको लागि म्याड्रिड चेम्बर अफ कर्मसस“गको सहकार्यमा एक सेमिनार आयोजना गरेको थियो । नेपालले तय गरेको देशगत रणनीति अन्तर्गत पर्यटन प्रवद्र्धनलाई पहिलो प्राथमिकतामा राखिएको कार्यवहाक राजदूत पौडेलले बताउनुभयो ।

उहा“का अनुसार नेपालका परियोजनाका लागि आह्वान गरिने अन्तर्राष्ट्रिय बोलपत्रबारे स्पेनिस कम्पनीलाई अवगत गराउने कामको थालनी भएको छ । लामो समयदेखि राजदूत पद रिक्त भएकाले फुटबलसहित अन्य क्षेत्रको द्विपक्षीय सहकार्य अघि बढाउन व्यवहारिक कठिनाई भएको पौडेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्