समुदाय प्रहरी साझेदारी अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न 



भक्तपुर । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी परिसर भक्तपुरको प्राङ्गणमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी भक्तपुरको सहकार्यमा उक्त रक्तदान कार्यक्रम संचालन गरिएको हो । रक्तदान कार्यक्रममा प्रहरी कर्मचारी र अन्य समेत गरी ५३ जना महानुभावहरूले रक्तदान गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्