सरकार र पार्टीमा आलोपालोको सहमति पालना हुनैपर्छ : देवेन्द्र पौडेल



यमलाल भुसाल, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले दुई  दलबिचको एकताका बेला शिर्ष नेता बिच भएको सहमती अनुसार पार्टी र सरकारमा आलोपालो हुनु पर्ने बताउनु भएको छ । उहाँले दुई  दलबिचको एकताका बेला शिर्ष नेता बिच भएकोे ५ बुदें सहमति कार्यान्वयन जरुरी रहेको औल्याउनु भयो ।

नेता पौडेलल सरकारको आलोपालो,पार्टी नेतृत्व आलोपालो,सबै तहका संरचनामा पनि सहमति हुनेगरि तत्कालिन एमाले र तत्कालिन एकिकृत माओबादीका केन्द्रिय नेताबिच पांचबुदे सहमति भएकै हो,सार्वजनिक भएको कुरा लुकाउनुपर्ने छैन ,सोहि सहमतिलाइ आधार बनाएर इमान्दारिताका साथ अघि बढ्नु आजको आवश्यकता भएको बताउनु भयो ।

शनिवार रिपोर्टर्स क्लव प्रदेश ५ मा आयोजित साक्षात्कारमा नेता पौडेलले सरकारमा आलोपालोको सहमति कार्यान्वयन गर्ने बेला अहिले नै नभैसकेको दोहोर्याउनु भयो ।

सरकार विवादमा फसेको स्वीकार्दै उहाँले निर्मला काण्ड,बिधेयक ल्याउने फिर्ता गर्ने,गुठी बिधेयकका सवाल,बिषादी प्रकरणमा सरकारले परिपक्व नदेखिएको बताउनु भयो ।

सुशासनका बिषयमा सरकार कमजोर भएको हो,दुखको कुरा यस्ता कुरा आउनु हुन्थेन,तर काम र प्रकृया भने आरम्भ भएको छ उहाँको कथन थियोे ।

प्रचण्ड निकटका नेता पौडेलले ओलीपछिको नेता पुष्पकमल दाहाल नै भएको बताउनु भयो । सरकार कहाँ छ भन्ने पत्रकारको जिज्ञासामा नेता पौडेलले बिषादीमा प्रधानमन्त्रीले माफि माग्नुभएकै छ,मन्त्रालयका सचिबका बिचको समस्याले सरकारलाइ अप्ठ्यारो पारेको हो,मन्त्रालयको अपरिपक्ता देखियो,सरकारले गतिबिधी गरिरहेको तर देखिनेगरी रिजल्ट नदेखिएको उहाँको दावि थियो ।

पार्टीले प्रभावकारी रुपमा काम गर्ने र अर्को चाहिं सरकारबाट जनताका भावनाहरु सम्बोधन हुनेगरि सरकारलाई गतिशिल बनाउन मन्त्रि पनि फेर्नुपर्नेमा जोड दिनु भयो ।

फरक प्रसंगमा पौडेललले मिडिया काउन्सिल बिधेयक संसोधन गर्ने तयारी भैरहेको बताउनु भयो । रुपन्देहीको तिलोत्तमामा बुद्ध मुर्ति फोरिएको प्रश्नको जवाफमा पौडेलले भने—‘यो अपराधजन्य गतिबिधि हो,बुद्ध मुर्ति तोडफोड गर्नु अपराधजन्य गिरोहको काम हो,प्रशासनले छिटोभन्दा छिटो पहिचान गरि कारबाही गर्नुपर्छ । रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कपिल ज्ञवालीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्