सिरहाको नापी कार्यालयमा आगलागी



प्रदिप सिंह महतो, सिरहा । सिरहाको नापी कार्यालयमा आग्लागी भएको छ ।  स्टोर रुम नजिक राखिएको जनरेटरबाट आगो सल्केर कार्यालयमा आगजनी भएको नापी कार्यालय सिरहाका प्रमुख गिरीश कुमार लाल कर्णले बताउनु भयो ।

स्टोर रुम संगै टासिएर राखिएको जनरेटर चालु गर्दा जनरेटरबाट निस्केको आगोले सो आजगनी भएको प्रमुख कर्णले बताए । आगलगीबाट काम नलाग्ने पुराना फाइल तथा जनरेटर पूर्ण रुपमा जलेर नष्ट भएको कर्णले बताए ।  कर्मचारी, प्रहरी र वारुयन्त्रणको सहयोगमा एक घन्टा पछी आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ । आगलगीबाट कुनै किसिमको मानवीय क्षती नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्