लमजुङको बेसीसहर पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा



लमजुङ । लमजुङको बेसीसहर नगरपालिकालाई पूर्ण खोप सुनिश्चतता घोषणा गरिएको छ । बेसीसहर नगरपालिको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा नगरपालिकाका मेयर गुमानसिंह अर्यालले बेसीसहरलाई पूर्ण खोप सुनिश्चतता घोषणा गर्नु भएको हो । कार्यक्रममा पूर्ण खोपलाई निरन्तरता दिलाई दिगोपनका लागि हस्ताक्षरगरी सामुहिक प्रतिबद्धता व्यक्त गरिएको छ ।

सो अवसरमा नगरपालिकाका मेयर अर्यालले प्रतिबद्धतासहित पूर्ण खोप सुनिश्चता घोषण गर्नु भयो । उहाँले रोगको प्रकोप फैलिन नदिन र वालवालिकालाई भविष्यमा हुुनु सक्ने रोगका संक्रमण रोक्नका लागि खोप पूर्ण भए नभएको सुनिश्चतता गर्न जरुरी छ भन्नुभयो । उहाँले नगरवासीको स्वास्थ्यप्रति नगरपालिका सदैव संवेदनशील रहेको वताउनुभयो ।

कार्यक्रममा बेसीसहर नगरपालिका– ५ की दुधकासी गुरुङ र वडा नं ६ की नन्दकुमारी राउतलाई महिला स्वास्थ्य स्वंयसेविका भई सफलतापूर्वक २ दशक सेवा गरेवापत कदर पत्र र जनही नगद २०/२० हजार रुपैयाँ प्रदानगरी मेयर अर्यालले सम्मान गर्नु भएको थियो । स्वंयसेविका गुरुङले २१ वर्ष र राउतले २८ वर्षसम्म महिला स्वंयसेविकाको रूपमा काम गरेका कारण तोकिएको मापदण्डका आधारमा सम्मान गरिएको बेसीसहर नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

कार्यक्रममा उपप्रमुख लक्ष्मी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मोहन मराशिनी, वडा नं २ का वडा अध्यक्ष गणेश कँडेल, लमजुङ मोडेल अस्पतालका डा. तिलकवावु घिमिरेलगायतले स्थास्थ्य संवेदनशील बिषय भएकोले बेलैमा सचेतना अपनाउँदै नवजात शिशुहरूलाई खोपको मात्र पुरा गर्न सकेमा वाल मृत्यदर न्यूनिकरणका साथै सर्ने तथा नसर्ने रोग लाग्नबाट समेत वचाउन सकिने वताउनुभयो ।

नगरपालिका स्वास्थ्य संयोजक परमेश्वर पियाले गत साउन र चैत्र महिनामा गरेको घरघुरी सर्वेक्षणबाट वालवालिकाले पूर्ण खोप प्राप्त गरेकोले बेसीसहरलाई पूर्ण खोप सुनिश्चता घोषणा गरिएको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्