मुगुको छाँयानाथ रारा नगरपालिकाबाट ५२ करोडको बजेट बिनियोजन



मुगु । मुगुमा रहेको एक मात्र छायाँनाथ रारा नगरपालिकाले ५२ करोड भन्दा बढी बजेट तथा निति कार्याक्रम सर्वसम्मत निती पारित गरेको छ ।छायाँनाथ रारा नगरपालिका नगरसभाले नगर प्रमुख हरिजंग शाहीले १० गते प्रस्तुत गर्नु भएको निती तथा कार्यक्रम र उपप्रमुख सुन्तला रोकायाले प्रस्तुत गर्नु भएको प्रस्तावित बजेत सर्वसम्मत पारित गरेको हो ।

बिनियोजित गरिएको बजेटमा ८ करोड ५८ लाख केन्द्रिय राजश्व बाडफाँड ६ लाख ९१ हजार प्रदेश राजश्व बाडफाँड, १ करोड ७१ लाख ११ हजार आन्तरिक राजश्व १२ करोड ४४ लाख वित्तिय समानिकरण १ करोड ५० लाख प्रदेश समानिकरण २७ लाख ५० हजार मालपोत २ करोड ३० लाख गत बर्षको अल्या र २६ करोड ४४ लाख ४४ हजार ३८३ सशर्त शिर्षकबाट नगरपालिकामा प्राप्त हुने उपप्रमुख सुन्तला रोकायाले बताउनु भयो ।

प्रस्तुत बजेट वडा स्तरबाट छनौट गरिएर आएका योजना,नगरका गौरवका योजना नियमित र विगत बर्षमा नगरले अबलम्बन गदै आएका कार्यक्रममा विनियोजन गरिएको छ ।नगरपालिकाले नगर क्षेत्रमा विधुत अनियमिताको समस्यालाई समाधान गर्न नगरपालिका र वैकल्पिक उर्जा प्रर्वधन केन्द्रको समन्वयमा यो आर्थिक बर्षबाट १ मेगावाड क्षमतााको विधुत उत्पादन गर्न २ करोड रकम छुटाएको छ ्र
रारा हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई जिल्ला सदरमुकाम गमगढीमा बसाउन र धार्मिक स्थल छायाँनाथको दर्शन गराउन गमगढी–बालै–राताचौर सडक बनाउन५० लाख रकम विनियोजन गरिएको छ ।

यस्तै मेयर स्वरोजगार कार्यक्रम,गरिवसंग मेयर कार्यक्रम,मेयरकप प्रतियोगिता,कवडहल निमार्ण,छायाँनाथ सभाहल निमार्ण,गमगढीमा मेयर पार्क निमार्ण,डम्पिङ्ग साईड निमाण,पत्रकार महासंघ भवन निमार्ण,सडक बत्र्ती,गमगढी विपी मार्ग हुदै मुलसडकसम्म सडक निमार्णलाई नगरपालिकाले गौरवका योजना भनी रकम विनियोजित गरिएको नगरप्रमुख हरिजंग शाहीले बताउनु भयो ।

नगरसभाले अनुमोदन गरेर कार्य्विधि बनाई चालु अवस्थामा रहेका कार्यक्रमहरु एक छोरी एक खाता,एकल पुरुष प्रोस्साहन भत्ता,दुई सन्तान स्थायी बन्ध्याकरण गर्ने दम्पती प्रोत्साहन भत्ता,प्रारम्भिक बाल विकास कक्षाका शिक्षक प्रोत्साहन भत्ता,स्वास्थ्य स्वयंसेविका संचार खर्च,नगर साक्षरता कार्यक्रम,विपन्न,दलित विद्यार्थी शैक्षिक सहयोग कार्यक्रमलाई निरन्तरता दिईएको छ भने राराको सल्लेरीमा सवारी साधन पार्किङ्ग स्थल निमार्ण,रारामा आउने पर्यटकका लागी फोहर संकलन झोला निमार्ण,स्वयमंसेविका प्रोत्साहन भत्ता,समुदाय सुरक्षा निकाय साझेदारी कार्यक्रम,कानुनी सहायता कक्षा,लोकसेवा तयारी कक्षा,जेष्ठ नागरिक सम्मान कार्यक्रम जस्ता नयाँ कार्यक्रम प्रस्ताव गरि नगरपालिकाले बजेट छुटाएको छ ।

गत बर्ष वडा स्तरका योजना छनौटका लागी नगरपालिकाले २९ लाखको बजेट सिलिङ्ग पठाएकोमा यो बर्ष ४५ लाखको सिलिङ्ग पठाएको थियो । सोहि सिलिङ्गमा रहेर बस्ति स्तरबाट आएका योजनामा प्राथमिकीकरण गरि १४ वटै वडाहरुले नगरपालिका बजेट तथा सो्रत सुनिस्चिता समितीमा पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्