बिरामीको मन जित्दै शैलेश्वरी अस्पताल



विमल विष्ट, डोटी । लामो समय देखी डोटीको दिपायल स्थित पिपल्ला बजारमा सञ्चालन भईरहेको निजिक्षेत्रको शैलेश्वरी अस्पतालले पछिल्लो समय बिरामीहरुको मन जित्न सफल भएको छ ।

जिल्लामा सरकारी अस्पतालले राम्रो र गुणस्तर सेवा दिन नसकेको भन्दै आलोचित बनीरहेका बेला उक्त अस्पतालले यहाँका सामान्य देखी ठुला रोगका बिरामीलाई निको पार्न थालेपछि बिरामीको मन जित्न सफल भएको हो । उक्त अस्पतालले जिल्ला बाहिरबाट बिभिन्न रोगका बिसेषज्ञ डाक्टरहरु ल्याएर सेवा सुबिधा दिन थालेपछि यहाँका बिरामीहरुले राम्रो उपचार पाउन थालेको दिपायल पिपल्लाका स्थानिय वीरबहादुर विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिले हामी सामान्य बिरामी पर्दापनि उपचारका लागि जिल्ला बाहिर जान्थयौँ,अहिले शैलेश्वरीले राम्रो सेवा दिएकाले घरैमा उपचार पाएकाछौँ ।” नागरिकको सेवा दिन आफुहरु हर हमेसा लागि पर्ने शैलेश्वरी अस्पतालका निर्देशक तथा चिकित्कस आईजंग कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले पैसा कमाउन अस्पताल खोलेको हैन नागरिक सेवा दिने मेरो उदेश्य हो,नागरिकका सेवा गर्नु मेरो धर्म हो ।”

पछिल्लो समय शैलेश्वरी अस्पतालमा अनुभबी तथा दक्ष चिकित्सकले स्वास्थ्य सेवा दिन थालेपछि अहिले जिल्ला बाहिरका ठाउँबाट पनि उपचारका लागि बिरामी आउने गरेको दिपायल कुमालीकोटका भरत कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले डोटीमा उपचारका लागि कोहीपनि आउदैन थिए,अहिले शैलेश्वरी अस्पतालमा राम्रो सेवा सुबिधा र उपचार पाईने भएपछि बिरामी आउन थालेका हुन् ।”

उक्त अस्पतालमा निकै पुरानो मानसिक रोग लगायत अन्य बिरामी भएका हरुको पनि उपचार भएपछि यहाँका स्थानियको उपचारमा आर्कषणको केन्द्र बनेको हो शैलेश्वरी अस्पताल । आफुले खोलेको अस्पतालमा यहाँका बिरामीको सफल तथा सहुलियत दरमा उपचार भैरहेको निर्देशक तथा चिकित्सक कुँवरले दाबी गर्नु भयो । उहाँले थप भन्नुभयो, “मैले यहि अस्पततालमा छोरो गुमाए त्यसमा मलाई दुःख छैन तर बिरामीको उपचार गर्न पाएको छु यहि नै मेरो कमाई र उपलब्धी हो ।”

यतिमात्र नभई उक्त अस्पतालले पछिल्लो समय प्रतेक महिना निःशुल्क खोप,निःशुल्क सुत्केरी तथा सिएस सेवा,मलेरिया क्षय कुष्ठ सेवा,आरएआरटी सेवा सहित चित्किसक पठाएर निःशुल्क उद्दार गरी अस्पताल पुर्याउने सेवा,सर्पदंशको निःशुल्क औषधी, प्रतेक दिन एमबिबिएस र एमडिजिपी डाक्टर द्धारा निःशुल्क चेक जाँच सेवा,दन्त सेवा,हड्डी टुट फुट भएकाको पलाष्टर तथा अप्रेसन सेवा, हर्निया,हाईड्रोसिल,एपेण्डी साईडको अप्रेसन,आयुर्वेदिक प्रयोग साला,डिजिटल एक्सरे सेवा र रंगिन भिडियो एक्सरे सहित एम्बुलेन्स सेवा दिन थालेपछि बिरामहिरुको उक्त अस्पतालमा चाप लाग्ने गरेको बताईएको छ ।

जिल्लामा पछिल्लो समय शैलेश्वरी अस्पताल सेवा सुबिधा सम्पन्न अस्पताल बन्नुका साथै बिरामीहरुलाई घरैमा उपचार दिन थालेको भन्दै यहाँका स्थानिय निकै खुसि भएका छन् ।

प्रतिक्रिया दिनुहोस्