हत्या आरोपित दोसा किंगको मृत्यु



नयाँदिल्ली,(एजेनसी)
विश्वव्यापि रेस्टुरेन्ट चेन सारावाना भावनका भारतिय मालिक पि राजगोपालको ७१ वर्षको उमेरमा मृतयु भएको उनका वकिलहरुले विहिवार जानकारी गराएका छन् ।

हत्याको अभियोग खेपिरहेका उनको दक्षिण भारतिय शहर चेन्नाई स्थित एक अस्पतालमा उपचारक ैक्रममा मृत्यु भएको बताइएको छ । नौ दिन अगाडिमात्र भारतको सवोच्च अदालतले स्वास्थको नाजुकताको आधारमा जमानतका लागि उनको तर्फबाट राखिएको अपिल अस्विकार गरेको थियो ।

उनलाई आफ्नो एकजना कर्मचारीको हत्या योजना बुनेको अभियोग लगाइएको थियो । तिम ारिएक व्यक्तिकी पत्नीसंग विवाह गर्ने उद्देश्यले उनले सो अपराध गरेको बताइएको छ । उनको विश्व प्रसिद्ध रेस्टुरेन्ट चेनको विश्वभरि ८० वटा आउटलेट र हजारौं संख्यामा कर्मचारी रहेका छन् ।

सन् २००९ मा यस हत्या काण्डलाई लिएर अदालतले संजाय सुनाए यता उनले सो संजायबाट बच्न कानुनी लडाईं लड्दै आएका थिए । उनको रेस्टुरेन्टको दक्षिण भारितय खाद्य परिकार दोसाको कारण उनी ‘ दोसा किंग ’ को उपनामले पनि चिनिन्थे ।

प्रतिक्रिया दिनुहोस्