जापानको एनिमेसन स्टुडियो आगलागीमा २६ जनाको मृत्यु



टोकियो,(एजेन्सी) ।
जापानको क्योटो शहरमा रहेको एक भवनमा रहेको एनिमेसन स्टुडियोमा बिहीबार अचानक आगलागि हुँदा गरिएको कम्तीमा २६ जना मानिसको मृत्यु हुनुको साथै अन्य दर्जनौँ घाइते भएको जापानको आपत कालिन उद्धार निकायले जनाएको छ ।

सो कम्पनीमा योजनाबद्ध ढंगले भीषण आगआगी गराइएको हुनुपर्ने प्रारम्भििक अनुसनधानपछि प्रहरीले जनाएको छ ।

यस आगजनीको कारण भने अझैसम्म प्रष्ट भइनसकेको प्रहरीले जानकारी दिएको छ । सो आगजनीको समयमा भवनमा कार्यरत धेरै व्यक्ति भाग्न असफल भएकाले मृतकको संख्या अझै बढ्ने सक्ने अनुमान गरिएको छ ।

भवनको भूइँ तला र पहिलो तलामा रहेका १२ जनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरिएको र तिनीहरुमा श्वासप्रश्वासको समस्या देखिएको अग्नि नियन्त्रण विभागमा अधिकारीहरुले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।
यस दुर्घटनामा मारिएका अधिकांश व्यक्ति सो कम्पनीमा कार्यरत रहेको बताइएको छ । यद्यपि यस घटनामा मारिएका व्यक्तिको विस्तृत विवरणको औपचारिक पुष्टि भने हुन सकेकोे छैन ।

साथै आगलागिकोबेला दोस्रो तलामा रहेका व्यक्तिहरु पनि भाग्न असफल भएको बताइएको छ । सरकारी अधिकारीहरुका अनुसार यस आगजनीमा ३५ व्यक्ति घाइते भएका र तीमध्ये १० जनाको अवस्था निकै चिन्ताजनक रहेको छ । यस कम्पनीमा करिब ७० जना कर्मचारी कार्यरत रहेको बताइएको छ ।

प्रहरीले एकजना शंकास्पद अधवैंशे पुरुषलाई घाइते अवस्थामा नियन्त्रणमा लिएको तथा उनको स्थानीय अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको बताइएको छ । ती व्यक्तिले पेट्रोलजस्तो देखिने तरल पदार्थ लिएर भवनभित्र प्रवेश गरेको सिसिटिभी फुटेजमा देखिएको छ । उनले नै भवनको तल्लो तलामा पेट्रोल छर्केर आगो लगाएको आशंका प्रहरीले गरेको छ । स्थानिय समय अनुसार विहान साढे दसबजे आगलागि शुरु भएको स्थानमा केहि छुरा पनि फेला परेको प्रहरीले पुटि गरेको छ ।

क्याआनीको नामले पनि चिनिने क्योटो एनिमेसन सन् १९८१ मा स्थापना गरिएको हो । यसले ‘ के –अन ’ र ‘ दि मेलान्कोली अफ हारुही सुजुमिया ’ लगायत थुप्रै चर्चित एनिमेसन सो तयार पारिसकेको छ । यसले उत्पादन गरेको श्रंखला इभर गार्डेनलाई नेटपिलक्सले विशव बजारमा लगेको हो ।

यसले विशेष गरेर किशोर किशोरीको बिद्यालय जविनबारे थुपै्र लोकप्रिय ग्राफिक उपन्यास पनि तयार पारिसकेको छ । यस स्टुडियोले एनिमेटरहरुलाई नियमित रुपमा तलव दिएर नयाँ उदाहरण पनि पेशगरेको छ ।

प्रतिक्रिया दिनुहोस्