ट्रम्पको फेक ट्विट



वासिङटन (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पाकिस्तानी कट्टरपन्थी तथा मुम्बई हमलाका आरोपित सुत्रधार हाफिज सईदको गिरप्mतारीमा ‘अज्ञानतापुर्ण‘ ट्विट गरेपछि आलोचित भइरहेका छन् ।

अमेरिकी संसदको तल्लो सदन प्रतिनिधि सभाको विदेश मामिला स्ट्याडिंग कमिटीले हाफिजलाई लिएर ट्रम्पलाई केही तथ्यसँग अवगत गराए । ट्रम्पले ट्विटमा १० बर्षको ब्यापक खोजीपछि मुम्बइ हमलाका मास्टरमाइन्ड हाफिज पाकिस्तानमा गिरफ्तार भएको उल्लेख गरेका थिए ।

ट्रम्पको उक्त ट्विटमा उक्त कमिटीले रिट्विट गर्दै हाफिज १० बर्षसम्ममा नखोजिएको उनी पाकिस्तानमा स्वतन्त्रता पुर्वक बस्दै आइरहेको उल्लेख गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्