नामीका विद्यार्थीलाई जापानमा रोजगारी



काठमाडौं(नेस)
सूचना प्रविधिको क्षेत्रमा कार्यरत जापानको प्रतिष्ठित संस्था ह्युमन रिसोसियासंगको सहकार्यमा जोरपाटीस्थित नामी कलेजमा विहीबार रोजगार मेलाको आयोजना गरियो।े मेलाको सोही कलेजमा बीएससी कम्प्युटिङ विषयअध्ययन गरिरहेका विद्यार्थीले संयोजन गरेका हुन् ।

मेलामाविद्यार्थीले ह्युमन सिसोसियाका सदस्यहरुसंग अन्तरक्रिया तथा प्रत्यक्ष अन्तर्वार्तामा गरिएको थियो । सोही कार्यक्रममा विद्यार्थीले जापानका प्रतिष्ठित कम्पनीहरुमा रोजगारीका लागि आफ्नो नाम दर्ता गराउने मौका पाएका थिए । सूचना प्रविधिसंग सम्बन्धित जापानका अन्य रोजगार र दाताकम्पनीहरु, त्यहाँ रोजगारीमा लाग्दा हुने फाइदा तथा त्यहाँको जीवनशैलीका बारेमा समेत विद्यार्थीहरुले ह्युमन रिसोसियाका रिक्रुटमेन्ट म्यानेजर तासुजी सुगीहारासंग प्रत्यक्ष संवाद गर्नुभयो ।

नेपाली विद्यार्थीले जापानमा काम गर्नुअघि पुरा गर्नुपर्ने प्रक्रिया, नेपाली कामदारलाई उपलब्ध गराइने विशेष सहुलियत लगायतका विषयमा सुगीहाराले जानकारी दिनुभयो ।

कलेजका वरिष्ठ व्यापार प्रवद्र्धन व्यवस्थापक अमरदीप मण्डलले भविष्यमा पनि यस्तै रोजगार मेलालाई निरन्तरतादिने बताउनुभयो ।
गतवर्ष नामीमै अध्ययन गरेका ६ जनाविद्यार्थी जापानमकागर्न छनोट भएका थिए । उनीहरु आगामी सेप्टेम्बरमा त्यतातर्फ जानेछन् ।

प्रतिक्रिया दिनुहोस्