देवः विकास बैंक १४ औं वर्षमा



काठमाडौ(नेस) ।
देवः विकास बैंक लि.विहीबार १३ औं बर्ष पुरा गरी १४औं बर्षमा प्रवेश गरेको छ ।

सो अवसरमा अवसरमा बैंकको केन्द्रिय कार्यालय, लालदरबारमा रक्तदान कार्यक्रमको आयोजना गरियो । नेपाल रेडक्रस सोसाइटीको सहयोग एवं ब्लड डोनर्स एशोसियशन नेपाल, काठमाडौं जिल्लाको सहकार्यमा सो रक्तदान कार्यक्रम भएको थियो । सो अवसरमा ७० जना भन्दा बढीले रक्तदान गरेको थियो ।

यसै गरी सोही अवसरमा बैंकको पहलमानपुर शाखाको सक्रियतामा कैलालीको घोडाघोडी ताल तथा मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरियो ।त्यसैगरी स्थानीय घोडाघोडी गुरुकुलमा संस्कृत अध्ययनरत विद्यार्थीहरुलाई दैनिक आवश्यक खाद्यान्न वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्