रुकुम जिल्ला अदालतमा लक्ष्य भन्दा बढी मुद्दा फस्र्यौट



धनवीर दाहाल, रुकुम । रुकुम जिल्ला अदालतले लक्ष्यभन्दा बढी मुद्दा फस्र्यौट गरेको जनाएको छ । अदालतका अनुसार आर्थिक वर्ष २०७५र०७६ मा अदालतबाट ५० प्रतिशत मुद्दा फस्र्याैट भएका छन् । आर्थिक वर्ष २०७५र०७६ मा राखिएको लक्ष्यभन्दा ६६ थान बढी मुद्दाफस्र्याैट गरेको अदालतले जनाएको छ । अदालतले आर्थिक वर्ष २०७५र०७६ मा २ सय ७४ थान मुद्दा फस्र्याैट गर्ने लक्ष्य राखेकामा ३ सय ४० जान मुद्दा फस्र्याैट गरेको थियो ।

अदालतमा रहेका ५ सय २९ मुद्दा मध्य ३ सय ४० मुद्दा फस्र्याैट गरिएको हो । अदालतको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५र०७६ मा परेका ४१ किसिमका मुद्धामध्ये सबैभन्दा बढी १ सय ९६ मुद्धा सम्बन्ध विच्छेदका छन् । त्यसमध्यमा ६५ मुद्दा फस्र्याैट भएका छन् भने ५१ मुद्दा यो आर्थिक वर्षमा जिम्मेवारी सरेर आएका छन् ।

जसमध्ये १ सय १७ थान मुद्दा महिलाको तर्फबाट सम्बन्ध विच्छेदको लागि माग गर्दै परेका थिए भने ३७ थान मुद्दा पुरुषको तर्फबाट परेका थिए । छुट्टै ४२ जना महिलाले अंशसहित सम्बन्ध विच्छेदको लागि मुद्दा दर्ता गरेका थिए । पुरुष बादी बनेर दर्ता भएका ३७ मुद्दामध्ये १९ फस्र्याैट भएका छन भने १८ बाँकी रहेको जिल्ला न्यायाधीश आत्मदेव जोशीले बताउनुभयो  ।

गत भदौ १ गतेदेखि लागु भएको संहिता अनुसार सम्बन्ध विच्छेदका लागि पुरुषले पनि सोझै अदालतमा मुद्दा दर्ता गर्न पाउने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्