काँग्रेसद्धारा बुद्धमुर्ति तोडफोड गर्नेलाई कार्वाहिको माग



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका अन्तर्गत सिद्धार्थ राजमार्गको बीच भागमा राखिएका विश्वशान्तिका अग्रदूत गौतम बुद्धको मूर्ति तोडफोड गर्नेलाई कार्वाहिको माग गरेको छ ।

विश्वमा नेपाललाई चिनाउने शान्ति र सहअस्तित्वलाई प्रेरित गर्ने भगवान गौतमबुद्धको मूर्तिहरुलाई तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान हो भन्दै काग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले यस घटनाको सत्यतथ्य छानविन गरी यसमा संलग्न दोषीलाई यथाशीघ्र कानूनी कारवाही गर्न माग गर्नुभएको हो ।

प्रमुख सचेतक खाणले विहिवार संसदीय दलको तर्फबाट एक विज्ञप्ती जारी गर्दै यसरी धार्मिक, सांस्कृतिक सहिष्णुतामा आँच आउने र धार्मिक द्वन्द्वलाई निम्त्याउने गरी नियोजित रुपमा बुद्धको मूर्तिलाई तोडफोड गर्ने कार्य अत्यन्त निन्दनीय एवं घोर आपत्तिजनक भएको पनि जनाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्